|

काभ्रे : काभ्रे जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण हुने भएको छ। आइतबारबाट धुलिखेल अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु गर्ने तयारी गरेको हो। प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा आवश्यक उपचारका लागि २० लाख रुपैयाँ पठाइसकिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले थाहा खबरलाई बताए। उनले सामाजिक विकास मन्त्रालयले धुलिखेल अस्पताललाई नगरपालिकामार्फत उक्त रकम उपलब्ध गराइएको बताए। 

आइतबारबाट कोरोना भाइरसको परीक्षणका लागि सबै तयारी पूरा गरिसको पनि अस्पतालका संस्थापक एवं काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन डा. राजेन्द्र कोजूले बताए। 

हप्ताको दुई दिन मात्रै परीक्षण

अस्पतालमा हप्ताको दुई मात्रै कोरोना भाइरस संक्रमणको परीक्षण हुनेछ। पहिलो चरणमा हप्ताको दुई दिन मात्रै परीक्षण हुने भए पनि त्यसलाई आवश्यकताअनुसार परीक्षणको मात्र बनाउने कोजूले जनाकारी दिए। त्यसैगरी पिपिई, परीक्षण किटलगायत सामग्री व्यवस्थापन भइसकेको अस्पतालले जनाएको छ। 

धुलिखेल अस्पतालमा परीक्षण सुरु भएपछि काभ्रेसँगै सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा र भक्तपुरबासीको परीक्षण हुने जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.