|

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई ‘अपराधी’ को संज्ञा दिएका छन्। उनले अरुको चरित्र हत्या नगर्न चेतावनी दिएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार आएसँगै पूर्वसचिव उपाध्यायले सामाजिक सञ्‍जालमा कोइरालासहितविरुद्ध लेखेपछि जवाफमा स्वास्थ्य सचिव कोइरालाले अपराधीको संज्ञा दिएका हुन्।

पूर्वसचिव उपाध्यायले कोइरालासहितले भ्रष्टाचार गरेको निचोडसहित पदमुक्त हुने दाबी गरेका थिए। उनले भनेका थिए, ‘भोलि आइतबारसम्म प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्‍व पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ पदबाट हटे भने भने अचम्म नमान्‍नु होला। नभए होलसेलमै पदमुक्त हुन बाध्य हुनसक्छ।’

उपाध्यायले यति भनेपछि जवाफमा स्वास्थ्य सचिव कोइरालाले आक्रोश पोखेका हुन्। कोइरालाले मेलम्ची खानेपानी आयोजनाको अनियमिततामा संलग्‍न रहेको आरोप लगाउँदै आफ्नो चरित्रहत्या नगर्न उपाध्यायलाई चेतावनी दिएका छन्। 

उनले उपाध्यालाई ट्‍विटमा जवाफ दिँदै भनेका छन्, ‘भीमजी, मेलम्चीमा यहाँले भ्रष्टाचार गरेको समाचार पढ्दा मलाई पनि त्यस्तै लागेको थियो। हेक्का रहोस्, अपराधीले अरूलाई पनि अपराधी नै देख्छन्। म देश र जनताको नोकर हुँ । तपाई जस्तो अहंकारी अपराधी होइन। म अपराधी र देशद्रोही होइन, फेरि पनि हेक्का रहोस्। कोठामा बसेर अरूको चरित्र हत्या नगर।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.