|

विश्वभर अहिले कोरोनाको महामारी फैलँदो छ। यस्तोमा अखिल नेपाल फुटबल संघ एन्फाको एक गैरजिम्मेवार निर्णयका कारण सि डिभिजनका क्लबहरू मारमा परेका छन्।

खेलाडीहरू पनि २८ चैतबाट सुरु हुने प्रतियोगिताका लागि काठमाडौं आएका थिए। यद्यपि क्लबका लागि ट्रायल दिन विभिन्न जिल्लाबाट काठमाडौं आएका खेलाडीलाई लकडाउनका कारण कुनै समस्या परेमा सि डिभिजनका संयोजक एवं एन्फा केन्द्रीय सदस्य दाबा लामाले सबै खाले सहयोग गर्ने घोषणा गरेका छन्।

लामाले भने, ‘सि डिभिजनका लागि काठमाडौं आएका खेलाडी लकडाउनका कारण घर जान पाएका छैनन्। र समस्यामा छन् भने म आफ्नो व्यक्तिगत खर्चमा सबैखाले सहयोग गर्न तयार छु’ उनले भने, ‘अप्ठ्यारोमा परेका खेलाडीलाई खान, बस्न र यो अवधिभर लाग्ने आर्थिक खर्च समेत म उपलब्ध गराउने छु।’ उनले आफू सि डिभिजनको संयोजक भएकाले खेलाडीलाई कुनै पनि अप्ठ्यारो अवस्था आउन नदिने बताए।

१४ क्लबलाई सि डिभिजनका लागि तयार हुन एन्फाले २७ फागुनमा एक निर्णय गर्दै भनेको थियो। एन्फाले २८ चैतबाट सि डिभिजन लिग गर्ने निर्णय गर्दै कोरोना महामारीबीच पनि प्रतियोगिता गर्ने निर्णय गरेको थियो। जबकि एन्फाले २६ चैतमा कुनै पनि प्रतियोगिता नगराउने भनेको थियो। तर अध्यक्ष कर्मा छिरिङ शेर्पाको दबाबमा सि डिभिजन लिग कुनै पनि हालतमा हुने भन्दै निर्णय भएको थियो।

सोही अनुसार क्लकबहरूले एकमहिना अघिबाटै तयारी थालेका थिए। तर राष्ट्रिय खेलकुद परिषदले सबैखाले प्रतियोगिता रोक्नका लागि आग्रह गरेको सोही अनुसार सि डिभिजन लिगपनि रोकियो। यो बीचमा सि डिभिजनका १४ क्लबहरूमा ट्रायल दिन विभिन्न जिल्लाबाट धेरै खेलाडी काठमाडौं आएका थिए।

राखेपको निर्णयसँगै धेरै खेलाडीहरू घर फर्किए पनि लकडाउनका कारण केही खेलाडी काठमाडौंमा नै अड्किन पुगेका र उनीहरूलाई समस्या भएको खण्डमा आफूले सहयोग गर्ने लामाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.