|

काठमाडौं :  नेपाल सरकारले लकडाउनको अवधि थप्दै जाँदा यहाँ रहेका विदेशी नागरिक धमाधम स्वदेश फर्कने क्रम जारी छ।
नेपाल घुम्न आएका अमेरिकन पर्यटक तथा अमेरिकाका नागरिकलाई फिर्ता पठाउन नेपालस्थित अमरिकन दूतावासले आइतबारको लागि दोस्रोपटक विमान चार्टर गरेको छ।

पुनः आइतबार अमेरिकन नागरिक लैजान कतार एयरवेजलाई उडान अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
क्यु आर ३४८१ चार्टर विमानमा लान लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार विमान दोहा ट्रान्जिट भएर जानेछ।
बिहान ११ बजे आउने कतार एयरको विमानले सवा १२ बजे करिब ३ सय अमेरिकन नागरिक लिएर जाने उनले प्रष्ट पारे।
पहिलोपटक मंगलबार तीन सय नागरिकलाई कतार एयरवेजमार्फत लगिएको थियो।

विमानस्थलका अनुसार यो जहाजले दोहासम्म उडान गर्नेछ भने दोहाबाट कतार एयवेजकै एयरबस ३३० जहाजमार्फत ती यात्रुलाई वासिङटन पुर्‍याइएको थियो।
यूरोपेली देश र अमेरिकाले यसअघि पनि जहाज चार्टर गरेर झन्डै १५ सय भन्दा बढी नागरिक फर्काइसकेका छन्।यस्तै अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिक लिएर नेपाल एअरलाइन्स अस्ट्रेलिया गएको थियो।
लकडाउन सुरु भएयता अन्तर्राष्ट्रिय उडानका लागि १५ भन्दा बढी विमानले अनुमति लिएर उडान भरिसकेका छन्। कतार एयरवेजले सबैभन्दा बढी नेपाल एयरलायन्सले तीन पटक उडान भरिसकेको छ। स्वास्थ्य सामग्री लिन चीन दुई पटक र अष्ट्रेलियाको एक पटक उडान भरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.