|

कोरोना त्रासका कारण विश्वका उत्कृष्ट लिगहरू बीचमै रोकिए। तर, ताजकिस्तानले सुपर कप फुटबल आयोजना गर्‍यो। बन्द ढोका पछाडि अर्थात् खाली रंगशालामा  राजधानी दुसान्वेमा आयोजना भएको ताजिक सुपरकपको खेलमा घरेलु च्याम्पियन एफसी इस्तिक्लोलले एफसी खुजान्डालाई २–१ ले हराउँदै उपाधि चुम्यो।

२०२० को ताजिक सुपरकप ११ औ संस्करणको हो। २०१३ र २०१७ को संस्करण बाहेकको बाँकी ९ संस्करण इस्तिक्लोलले आफनो पक्षमा पारेको थियो।

वार्षिक रुपमा अघिल्लो संस्करणको ताजिकिस्तान लिग र ताजिकिस्तान कप विजेताबीच सुपरकपको लागि प्रतिस्पर्धा हुँदै आएको थियो। जसअनुसार २०२० का मा दुवै प्रतियोगिताको विजेता इस्तिक्लोल भएकाले उपाधिका लागि लिग उपविजेता खुजान्डाले प्रतिस्पर्धा गरेको थियो।

विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या १० लाख बढि पुगेको छ भने ६० हजार बढीले ज्यान गुमाए छन्। यदपि मध्य एसियाली नौ लाख जनसंख्या भएको ताजिकिस्तानमा अहिलेसम्म कोभिड–१९ को एउटा पनि संक्रमण देखिएको छैन।

गत महिना अधिकारीहरूले देशभरका हजारौँ मानिसहरूलाई सहभागी गराउँदै नउरोज वसन्तकालीन उत्सवको असाधारण राज्य समारोहको निरीक्षण गरेका थिए। विश्वभरका नेताहरूले सामाजिक दूरीको वकालत गरिरहेको अवस्थामा ताजिक नेता इमामाली रखमोनले दर्जनौँ युवतीलाई परम्परागत रूपमा उत्सवमा प्रस्तुत गरेका थिए। महामारीको छायामा संसारभरका फुटबल लिगहरू विशाल बहुमतका साथ खेलाडीहरू र दर्शकको डरका कारण रोकिएका छन्।

धेरैजसोले पुनः सिजन सुरु गर्ने कुनै स्पष्ट योजना बनाएका छैनन्। अर्को पूर्व-सोभियत देश बेलारुसले युरोपमा अदभुत क्षमता देखाउँदै लिग आयोजना गरेर विश्वको ध्यान आफूतिर खिचेको थियो। किनकि बेलारुसले गत महिनाबाट प्रशंसकहरूको साथमा प्रतियोगिता सुरु गरेको थियो।

ताजिक सुपरकपले बेलारुसी लिगले जतिको मिडिया प्रचार नपाए पनि जर्मन, अंग्रेजी र स्पेनिस फुटबल प्रशंसकहरूको लागि ट्विट गर्न प्रेरित गरेको छ। 

खेलपछि चारैतिर अभिवादन र हातेमालो गर्दै खेल समाप्त भयो। ९ संस्करणको विजेता एफसी इस्तिक्लोलका खेलाडीहरूले आफनो विजेता पदक संकलन गरेपछि सुपर कप ट्रफीलाई खाली रंगशालामा ग्रहण गरे।  इस्तिक्लोलले लगातार ३ संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ।

ताजिकिस्तान दुई भूतपूर्व सोभियत देशमध्ये एक हो जहाँ कोरोनाको एउटा पनि केस दर्ता भएको छैन। अर्कोतर्फ तुर्केमिनिस्तानले यसअघि नै आफ्नो घरेलु लिगलाई स्थगित गरेको छ।

प्रस्तुति : नमीन ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.