|

डोल्पा : डोल्पाबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। ठूलिभेरी नगरपालिका-७ बस्ने २३ वर्षीया शान्ति बुढाको आइतबार सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

जिल्ला अस्पतालमा गत शुक्रबार मात्रै सफल अप्रेसन गरिएको उनको पिसाब रोकिएपछि आइतबार सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।

अप्रेसन गराएको १२ घण्टापछि पिसाब कम हुन थालेकाले जोखिम नहोस् भन्दै हेलिकोप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको अस्पतालका डाक्टर सिजन रावलले जानकारी दिए।

लामो व्‍यथा लागेकाले गर्भवतीलाई अस्पताल पुर्‍याउँदासम्म बच्चाको पेटमै दिशा भएको र अवस्था जटिल भएकाले उपलब्ध स्रोत साधनको सदुपयोग गरेर शल्याक्रिया गर्दै आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल भएको समेत डा.रावलले बताए।

सुत्केरीको किड्नीमा समस्या भएका कारण पिसाव रोकिएकाले नेपालगञ्जका सुविधा सम्पन्न अस्पतालमा उपचार हुने डा.रावलको भनाइ छ।

संघीय सरकारको महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धारको कोषमार्फत सुत्केरीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए।

अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.