|

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एकवर्ष बढाउने निर्णय गरेको छ।

कोरोनाका कारण एकवर्षपछि ९२०२१० सरेको टोकियो ओलम्पिकमा अब २४ वर्षका फुटबलर खेल्न पाउने छन्। यो निर्णय टोकियो ओलम्पिक एकवर्षपछि धकेलिएकाले गरिएको फिफाले जनाएको छ। यसअघि ओलम्पिक फुटबलमा यु-२३ टिमले खेल्ने गरेको थियो। त्यस्तै इन्टरनेसनल ओलम्पिक कमिटी (आइओसी) ले ओलम्पिक छनोटको समय लम्व्याएको छ।

टोकियो ओलम्पिक छनोट २९ जुन २०२१ सम्मका लागि लम्व्याएको हो। यसअघि यो वर्षका लागि तय भएको ओलम्पिकमा २४ जुलाईदेखि ९ अगस्टसम्म हुने कार्यतालिका रहेको थियो। आइओसीले यस अघि नै छनोट चरण पार गरेका खेलाडी भने सहभागी हुन पाउने जनाएको छ।

आइओसीले छनोटको समय बढाए पनि कहिलेबाट कहिलेसम्म छनोट खेल हुने भन्ने तय हुन बाँकी रहेको छ। आइओसीले कोरोना महामारीको संकट कम भएपछि र यात्रा प्रतिबन्ध खुलेपछि नयाँ मिति तय हुने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.