काभ्रे : जिल्लाको धुलिखेल अस्पतालमा पहिलो दिन आइतबार ११ जनाको नोबल कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ।
धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमन ताम्राकारले दैनिक ९० जनाको परीक्षण गर्न सकिने गरी प्रयोगशाला तयार पारिएकोमा शुरुको दिन ११ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो। त्यस्तै हालसम्म अस्पतालको आइसोलेसनमा ६ जना उपचाररत छन्। त्यसैगरी अस्पतालले हप्ताको दुईदिन आइतबार र बुधबार मात्रै कोरोना भाइरसको परीक्षण गरिने जनाएको छ।
आज पहिलो दिन विदेशबाट आएकाहरूको परीक्षण गरिएको ताम्रकारले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।