|

दाङ : तुलसीपुर उपमहानरपालिकाले कीटनाशक छर्किन थालेको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले नगर क्षेत्रमा कीटनाशक छर्किन थालेको हो।

उपमहानगरपालिकाले पहिलो चरणमा बढी भिडभाड हुने क्षेत्रमा कीटनाशक छर्किरहेको नगरका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए। आइतवार तुलसीपुरस्थित तरकारी बजार, राप्ती प्रादेशिक अस्पताललगायतका क्षेत्रमा कीटनाशक छर्किएको छ।

यस्तै, बसपार्क, मासु बजार लगाएत अन्य ठाउँमा पनि छर्किने योजना रहेको कार्यालयले जनाएको छ। रोटरी क्लव र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीको व्यवस्थानमा उपमहानगरपालिकाले औषधि छर्कने काम गरेको हो। 

व्यवसायीको सहयोग

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कोरोना  विपद कोषमा सहयोग गरेको छ। संघको तर्फबाट अध्यक्ष वीरबहादुर रावतले उपमहानगरपालिकालाई नगद र जिन्सी गरेर पाँच लाख, ५५ हजार ५५५ रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका छन्।

संघका तर्फबाट नगदका साथै क्वारेन्टाइनका लागि बेड, तेल, साबुन लगायतको सहयोग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.