धादिङ : लकडाउनको मौका छोपेर धादिङका विभिन्न खोलामा करेण्ट लगाई माछा मार्ने क्रम बढ्न थालेपछि प्रहरीले कारवाही शुरू गरेको छ।
आइतबार दिउँसो नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित थोपलखोलामा करेण्ट लगाएर माछा मार्दै गरेका व्यक्ति भागेपछि प्रहरीले करेण्ट लगाउन प्रयोग हुने सामान नियन्त्रणमा लिएको छ। पाँच सय मिटर तार र १२ भोल्टको सानो ब्याट्री बरामद गरी सो कार्यमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
खोलामा करेण्ट लगाएर माछा मार्दै गरेको सूचना पाएपछि खोजीमा गएको प्रहरी देख्नासाथ चार जना व्यक्ति भागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। केही दिन यता जिल्लाको खोलाहरुमा करेण्ट लगाएर माछा मार्ने कार्य बढ्दै गएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।