|

सोलुखुम्बु : पिके क्षेत्र भ्रमणमा गएका खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सब-इन्जिनियर मृत अवस्थामा भेटिएका छन्। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसी स्थायी घर भएका करिब २७ वर्षका पुर्णबहादुर खड्का दुई दिनदेखि बेपत्ता थिए।

आइतबार बिहानदेखि खोजतलासमा खटिएको आफन्त टोलीले सोमबार बिहान १० बजे सोलुदुधकुण्ड नगरपालिका-३ को पिके खोपमा मृत अवस्थामा भेटिएको उनका दाइ छत्र खड्काले जानकारी दिए। उनकाअनुसार सल्लेरीबाट पिके डाँडातिर जाने मूल बाटोदेखि करिब ३ सय मिटर तल मृत अवस्थामा भेटिएको छ। घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको प्रत्यक्षदर्शीसमेत रहेका मृतकका दाई छत्र खड्काको भनाइ छ।

घर बिदामा आएका ती कर्मचारी शनिबार दिउँसो १०:११ जना साथीसँगै सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ३ मा पर्ने पर्यटकिय क्षेत्र पिके घुम्न गएको बताइएको छ। अहिले घटनास्थलमा प्रहरी टोली जाँदै गरेको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी टेकुनन्द इवा लिम्बूले जानकारी दिए। प्रहरी टोली पुगेपछि थप विवरण प्राप्त हुने र अनुसन्धान गरिने उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.