|

काठमाडौं : डोटीमा गोली हानी एक महिलाको हत्या भएको छ। जोरायल गाउँपालिका-४ देउथलाकी २० वर्षीया अनिता वनको हत्या भएको हो। घटना आइतबार बेलुकी भएको र आफूहरू अहिले अनुसन्धानका लागि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार गत फागुन २९ गते विवाह गरेकी अनिताको घरमा श्रीमान् श्रीमती मात्रै बस्दै आएका थिए। गोली कसले र किन हानेको भन्ने खुलिसकेको छैन। आवश्यक अनुसन्धानका लागि अनिताका २२ वर्षीय श्रीमान खडक वनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.