|

विश्‍व मानचित्रमा अमेरिका सबैभन्दा कान्छो महादेश गनिन्छ, जेनोआ (हाल इटाली) मा जन्मेका नाविक तथा अन्वेषक क्रिस्टोफर कोलोम्बसबाट १४औं शताब्दीमा भेटिएको भूभाग हो यो। 

रातो वर्ण भएका अमेरिकीहरूलाई कालोम्बसले ‘रेड इन्डियन’ नाम दिएका थिए। उर्वर भूमि र प्राकृतिक खनिज पदार्थको प्रचुर भण्डार भएको अमेरिकी महादेशलाई तात्कालिक युरोपका शक्ति सम्पन्‍न मुलुकहरूले व्यापक आर्थिक दोहन गरे। यति मात्र होइन, यो महादेशमा बेलायतको उपनिवेशको चकचकी नै थियो। 

हालको संयुक्त राज्य अमेरिका ४ जुलाई १७७६ सम्म बेलायतको उपनिवेश नै थियो, अर्थात् यही दिन संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको थियो। विश्‍वमा १८औं शताब्दीमा चलेको औद्योगिक क्रान्तिपछि औद्योगिक राष्ट्रहरूले उद्योगलाई चाहिने कच्चा सामग्री आयातका लागि अन्य कमजोर राष्ट्रहरूलाई उपनिवेश बनाउने लहर एक्कासि बढ्यो। 

यस उपनिवेशवादले संसारका शक्तिशाली मुलुकहरू एकपछि अर्को विभक्त भई स्पष्ट विभिन्‍न ध्रुवमा उभिए। अष्ट्रियाले सर्वियाविरुद्ध औपचारिक युद्धको घोषणा गर्‍यो। १९१४ जुलाई २८ देखि १९१८ नोभेम्बर ११ सम्म अर्थात् ४ वर्ष ४ महिना १७ दिन प्रथम विश्‍वयुद्ध चल्यो। त्यस अघिसम्म बेलायत, अमेरिका, फ्रान्स, इटाली र रुसजस्ता शक्तिशाली मुलुक एकातिर र अर्कोतिर जर्मनी, अस्ट्रेलिया र बुल्गेरियाजस्ता मुलुकहरूको कित्ताकाट भयो। 

प्रथम विश्‍वयुद्धअघि युरोपका शक्तिशाली मुलुकमध्ये बेलायत र जर्मनीले विश्‍वभर आफ्नो प्रभुत्व कायम गरे। एसिया, अमेरिकाजस्ता महादेशका मुलुकहरू युरोपको अधीनस्थ भए। जब सन् १९१४ जुलाई २८ मा प्रथमविश्‍वयुद्धको उद्घोष भयो।

बेलायत, अमेरिका, फ्रान्स, इटालीलगायत देशहरू एकातिर र जर्मनी, अस्ट्रेलिया र बुल्गेरियाजस्ता देश एकातिर भएर भीषण युद्ध सुरु भयो। युरोप, अमेरिका, एसिया र अफ्रिकाको भूमिमा जल, थल र आकासे लडाइँ भयो। प्रथम विश्‍वयुद्धको ३ वर्षसम्म अमेरिकाले युरोपलाई युद्धक विमान मात्र ३० हजारभन्दा बढी बेचिसकेको थियो साथै लाखौं हतियार बेचेको थियो। यस युद्धबाट अमेरिका अत्यन्तै धनी भयो। 

पहिलो विश्‍वयुद्धमा ९९ लाख ११ हजार मानिस मारिए। ७ लाख ७५ हजार मानिस बेपत्ता भए। त्यस्तै विश्‍वभर दुई करोड १२ लाख १९ हजार ५ सय मानिस घाइते भएका थिए। जर्मनीको हारसँगै प्रथम विश्‍वयुद्ध सकियो। उसको अधिनमा रहेका मुलुकहरूलाई अरुले नै उपनिवेश बनाए। ११ नोभेम्बर १९१८ मा भर्सेलिज सन्धि गर्दै प्रथम विश्‍वयुद्ध समाप्त भएको थियो। 

यो कहालिलाग्दो प्रथम विश्‍वयुद्धले फेरि युरोपलाई नै विश्‍वको महाशक्तिको मुकुट लगाइदिएको थियो। भर्सेलिज सन्धिले जर्मनीको ठूलो भूभाग गुमेको मात्र होइन सैन्य शक्तिमा नि व्यापक कटौती भयो। युद्धको हर्जना र विविध जरिवानाले उसलाई थिलथिलो बनाएको थियो। ३० जनवरी १९३३ देखि हिटलर जर्मनीको चान्सलर र १९३४ देखि अधिनायक शासक भए। उनले यो सन्धिको पालना गर्न वाञ्छनीय ठानेनन्। 

उता इटालीमा पनि सन् १९२२ बाट मुुसोलिनीको अर्को अधिनायकवादी शासन सुरु भइसकेको थियो। एसियामा दबदबा चलाउने जापानले पनि उनीहरूलाई नै समर्थन गर्न थाल्यो। पुनः विश्‍वले अर्को मोड लियो। 

सन् १९९० मा सोभियत संघ ढलेर राजनीतिक परिवर्तन भयो। त्यसपछि युरोपसँगको साझेदारीमा रहेको विश्‍व महाशक्तिको ताज (मुकुट) विधिवत् रुपमा अमेरिकी महादेशको संयुक्त राज्य अमेरिका पुग्यो। जसका कारण अमेरिका आणविक शक्तिमा शक्तिशाली बनेर उदायो।

सन् १९३९ सेप्टेम्बर १ देखि सन् १९४५ सेप्टेम्बर २ सम्म अर्थात् ६ वर्ष १ दोस्रो विश्‍वयुद्ध चल्यो। यसमा बेलायत, फ्रान्स, रुस र अमेरिकाजस्ता शक्तिसम्पन्‍न देशहरू एकातिर र जर्मन, इटाली र जापानजस्ता देशहरू अर्कोमा खेमा थिए। युद्धमा लगभग ७० देश होमिए। अत्याधुनिक हतियार र आणविक अस्तसस्त्रसहित जल, थल र हवाई सेनाहरू लडे। दोस्रो विश्‍वयुद्धमा सैनिकहरू मात्र १ करोड २० लाख र सर्वसाधारण ४ करोड ९० लाख हताहती भएका थिए।
सन् १९४३ मा इटाली र १९४५ मा इटालीले आत्मसमर्पण गरे। 

सन् १९४५ कै अगस्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा ‘लिटिल ब्वाई’ र ९ अगस्ट १९४५ मा ‘फ्याट म्यान’ नामक अणु बम खसालेपछि जापानले पनि १४ अगस्ट १९४५ मा आत्मसमर्पण गर्न बाध्य भयो। जापानलाई घुँडा टेकाउने अमेरिका र हिटलरका नाजी सेनाहरूलाई तह लगाउने रुसका लालसेनाकै कारण दोस्रो विश्‍वयुद्धपछि बेलायत र फ्रान्सको विश्‍व महाशक्ति मुकुट सोभियत संघ र अमेरिका झोलीमा पुग्यो। 

सन् १९४५ देखि सन् १९९० सम्म (४५ वर्ष) विश्‍वको महाशक्तिको रुपमा रुस(सोभियत संघ) र संयुक्त राज्य अमेरिका दुई मुलुकले संसारभर आफ्नो प्रभुत्व कायम गरे। यस ४५ वर्षको काललाई ‘शीतयुद्धकाल’ भनेर चिनियो। 

तर १९९० मा सोभियत संघ ढल्यो। त्यहाँ राजनीतिक परिवर्तन भयो। जसले एकिकृत सोभियत संघ विभिन्न गणराज्यमा विभक्त भयो। त्यसपछि युरोपसँगको साझेदारीमा रहेको विश्‍व महाशक्तिको ताज (मुकुट) विधिवत् रुपमा अमेरिकी महादेशको संयुक्त राज्य .अमेरिका पुग्यो। जसका कारण अमेरिका आणविक शक्तिमा शक्तिशाली बनेर उदायो। विश्‍वमा उत्पादित ऊर्जाको ४० प्रतिशत उसको खपत हुन थाल्यो। सैन्य शक्ति र अर्थतन्त्रमा ऊ प्रथम भयो। जुन अद्यापि कायमै छ। विश्‍वको ‘शक्तिशाली मुकुट’ आजको मितिसम्म अमेरिकाकै शिरमा छ। 

कोरोना भाइरस कहिले देखियो ? 

सन् २०१९ डिसेम्बर ३१ का दिन चीनको उहान सहरमा झिंगे माछा बेच्ने ५७ वर्षकी  वेई गुई जियान (उनलाई मेडिकल भाषामा ‘पेसेन्ट जिरो’ पनि भन्ने गरिन्छ) मा आधिकारिक रुपमा पहिलोपटक कोरोना भाइरस संक्रमणको पुष्टि भयो। हाल विश्‍व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसलाई कोभिड–१९ को नाम दिएको छ।

ल्याटिन भाषामा कोरोना भनेको ‘मुकुट’ हो। यस कारोना भाइरस मुकुट जस्तै सुन्दर स्वरुपमा हुने भएकोले नाम कोरोना राखिएको भन्नेहरूको जमात धेरै छ।
यस कोभिड १९ बाट विश्‍वमा मृत्यु हुनेहरूको संख्या यो लेख तयार गर्दासम्म ७० हजार मानिसको ज्यान गइरसकेको छ। संक्रमितको संख्या आश्चार्यचकित तवरले बढिरेहका छ।

विश्‍वका दुई सय भन्‍दा बढी मुलुकमा यसको संक्रमण फैलिसकेको छ। अहिले महादेशीय आधारमा युरोप अत्यन्तै जोखिममा देखिन्छ। यसको सबैभन्दा ठूलो असर इटालीमा परेको छ। जहाँ १६ हजारको नजिक मानिसको मृत्यु भइसकेको छ (यो लेख तयार पार्दासम्म)।

इटालीपछि स्पेन, फ्रान्स, बेलायत, नेदरल्यान्ड्समा हजारौंको संख्यामा मानिसको ज्यान गइसकेको छ। जर्मनी, बेल्जियम, स्विडेन र पोर्चुगलजस्ता युरोपेली मुलुकमा मृत्युदर बढिरहेको छ। विश्‍वको हरेक दृष्टिकोणले सुरक्षित र वैभवताले सजिएको महाशक्ति संयुक्त राज्य अमेरिका पनि कोभिड–१९ बाट आक्रान्त छ। विश्मै संक्रमित संख्याका आधारमा अमेरिका नाजुक अवस्थामा छ। 

शक्तिशाली अमेरिकाका नाजुक अवस्थामा 

सन् २०२० जनवरी तेस्रो हप्ताबाट देखापरेको कोभिड १९ दोस्रो विश्‍वयुद्धपछिकै भयावह अवस्था भएको छ। पछिल्लो १५ दिनमै विश्‍वको शक्तिशाली मुलुक अमेरिकाले अर्थतन्त्रमा नसोचेको नोक्सानी बेहोरिसकेको छ। उसको १० देखि १५ ट्रिलियन डलर सेयर बजारमा गिरावट आइसकेको छ।

 राष्ट्रपति डोनाल्ड ट्रम्पले माथिल्लो सदनबाट २ ट्रिलियन डलरको आर्थिक सहायता प्याकेज पारित गरिसकेका छन्। जुन अमेरिकाको इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेज हो।

अमेरिकामा रेस्टुरेन्ट, बार, सिनेमाघर, होटल जस्ता भिडभाड हुने क्षेत्रहरू बन्द छन्। कार कम्पनीहरूले उत्पादन नै छाडेका छन्। अमेरिकामा बेरोजगारको सूचीकृत गराउनेको संख्या अनपेक्षित रुपमा ह्वात्तै बढेको छ। सन् १९८२ शितयुद्धपछि बेरोजगारीको संख्या अमेरिकामा बढेको यो पहिलो घटना हो। स्वास्थ्य सुरक्षा सामग्री समेतको अभाव अमेरिकामा देखिन थालेको छ। 

बौरिँदै छ चीन

तर यता कोभिड १९ को उद्गम थलो चीन भने यो भयाभह अवस्थाबाट लगभग मुक्त भइसकेको अवस्था छ। ३ हजार ३ सयको जनाको मृत्यु संख्यालाई चीनले बढ्न दिएको छैन। ८१ हजार ५ सय जनाभन्दा बढी संक्रमित भएका चीनमा नयाँ संक्रमितको संख्या ओरालो लागिरहेको छ। मृत्यु र संक्रमणदर शून्यमा नझरे पनि चीनले यो अवस्थाबाट छिट्टै उन्मुक्ति पाउने पक्का छ। 

प्रथम विश्‍वयुद्धमा अमेरिकाले युरोपमा आफूले उत्पादन गरेका युद्धका अतिउपयोगी लडाकु विमानहरू, अत्याधुनिक हतियारहरू, बन्दोबस्तीमा सामानहरू बेचेझैं, चीनले हाल कोभिड १९ लाई नियन्त्रण र न्यूनीकरमा चाहिने स्वास्थ्य सामग्री विश्‍वको महाशक्ति अमेरिकालगायत युरोप अनि विश्‍वभर निर्यात गरिरहेको छ। 

यो भाइरसको संक्रमण जति लम्बिँदै जान्छ अथवा यसलाई निस्तेज वा निर्मूल बनाउने औषधि बन्दैन चीन नै वैभवतामा जाने देखिन्छ।

उहानबाहेक अन्य ठूला सहरलाई चीनले कोभिड १९ बाट सुरक्षित राख्न सफल भएको छ। करिब १ सय ५० करोड आवादी रहेको चीनले आफ्ना राज्यहरूमा उत्पादनमा जोड दिइराखेको छ। 

दोस्रो विश्‍वयुद्ध ७० देश मात्र सीमित थिए, तर कोभिड १९ संसारको २ सय बढी मुलुकमा पुगिसकेको छ। चीन बाहेक कसैले यस रोगलाई नियन्त्रण गर्न सकिरहेका छैनन्। ४ महिनामा विश्‍वलाई यसरी तहसनहस बनाइदिने यो काभिड १९ प्रथम विश्‍वयुद्धजस्तो ४ वर्ष ४ महिना १७ दिन र दोस्रो विश्‍वयुद्धजस्तो ६ वर्ष १ दिन लम्बियो भने के हुन्छ विश्‍व ?

यो भाइरसको संक्रमण जति लम्बिँदै जान्छ अथवा यस्लाई निस्तेज वा निर्मूल बनाउने औषधि बन्दैन चीन नै वैभवतामा जाने देखिन्छ। प्रथम विश्‍वयुद्धको विपत्तिले युरोप महादेश भित्रको बेलायत र फ्रान्सलाई विश्‍वको महाशक्तिको मुकुट पहिर्‍याइदियो, दोस्रो विश्‍वयुद्धले सोभियत संघ र संयुक्त राज्य अमेरिका शक्तिशाली बनेर उदाए। अहिले विश्‍वभर सन्त्रास र भयभीत बनाइरहेको कोभिड १९ ले संयुक्त राज्य अमेरिकाको वर्चश्व एसियाको चीनलाई सुम्पनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.