स्वास्थ्य चाैकी भन्छ : उपकरण अभावका कारण अन्तै पठाएका हाैं

|

गुल्मी : गुल्मीमा एक स्वास्थ्य संस्थाले सुत्केरी व्यथा लागेकी महिलाको उपचार नगरेको खुलेको छ।  सुत्केरी व्यथाले थलिएकी महिलाको देवर विदेशबाट आएको भन्दै स्वास्थ्य संस्थाले फर्काइदिएको परिवारले आरोप लगाएको छ। जिल्लाको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा रहेको वामी स्वास्थ्य चौकीले महिलालाई फर्कादिएको स्थानीयले समेत बताएका छन्। 

मुसिकोट नगरपालिका ७ सेराकी धनीकला रानाले आफ्नी बुहारी सीतालाई वामी स्वास्थ्य चौकीमा लैजान फोन गरेकी थिइन्। तर स्वास्थ्य चौकीमा कोरोना भाइरस संक्रमण परीक्षणको काम भएकाले नल्याउन भनिएको धनीकलाले बताइन्। 

धनीकलाका अनुसार तीन दिनअघि देखि सीतालाई प्रसूति व्यथा लागेको र घरमै सुत्केरी गराउन कोसिस गरिए पनि सम्भव भएको थिएन। १६ गते स्वास्थ्य चौकीमा लैजाने तयारी गर्दा स्वास्थ्य संस्थाले नल्याउनू भनेको उनले बताइन्।स्वास्थ्य संस्थाले नै पाल्पा लैजान भनेपछि सीतालाई पाल्पा लगिएको उनले बताइन्। 

स्वास्थ्य सामग्री नभएकाले त्यसाे भनेका हाैं : स्वास्थ्य चौकी प्रमुख 

वामी स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम केसीले कोरोनाको बढ्दो जोखिम र स्वास्थ्य चौकीमा पर्याप्त स्वास्थ्य सामग्री नहुँदा सुत्केरी गराउन नल्याउन भनिएको बताए। 
यता मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले भने सीताका देवर विदेशबाट आएका भन्दै स्वास्थ्य चौकीमा जोखिम बढ्ने भएकाले आफूहरुले सुविधासम्पन्न अस्पतालमा लैजान भनिएको दाबी गरे। उनले गाउँको स्वास्थ्य चौकी सबै उपकर नहुने र देवर तत्कालै विदेशबाट आएका कारण अन्य केही समस्या देखापरेमा पनि राम्रो पठाइएको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.