|

काठमाडौं : चर्चित फुटबल प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओवलाकी ८२ वर्षीया आमाको सोमबार स्पेनमा निधन भएको हो।

आफ्ना प्रशिक्षककी आमाको कोरोना भाइरसबाट निधन भएको पुष्टि म्यानचेस्टर सिटी फुटबल क्लबले ट्‍‍विटमार्फत गरेको छ। 'म्यानचेस्टर सिटी परिवारलाई स्तब्ध बनाउने समाचार! प्रशिक्षक पेप ग्वार्डिओलाकी आमा डोलर्स साला कारियोको बार्सिलोनामा उपचार गराउँदा गराँदै निधन भएको छ', क्लबले ट्विट गर्दै भनेको छ। 

क्लबले आफ्ना प्रशिक्षककी आमाको निधनले समर्थक र शुभचिन्तकलाई पनि स्तब्ध बनाएको जनाउँदै ग्वार्डिओला परिवारप्रति समवेदना प्रकट गरेको छ। ग्वार्डिओलाले गत महिना मात्रै कोरोनाविरुद्धको अभियानका लागि एक मिलियन युरो सहयोग गरेका थिए। 

उनले एउटा भिडियो सन्देशमार्फत आफ्ना फ्यान र शुभचिन्तकहरुलाई यो संकटको घडीमा घरमै बसेर समर्थन गरिरहन अपिल गरेका थिए। उनले समर्थकहरुलाई घर बाहिर ननिस्किइ डाक्टर, विशेषज्ञ र नर्सहरुसँग परामर्शमा रहिरहन पनि अपिल गरेका थिए। 

युरोपियन मुलुकमध्ये इटालीपछि स्पेनमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको ज्यान गएको छ। त्यहाँ सोमबारसम्म संक्रमितको संख्या एक लाख ३५ हजार पुगेको छ भने १३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.