|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंग टेलिफोन संवाद गरेका छन्।

सोमबार सभापति देउवाले मुख्य मन्त्रीसँगै यहाँका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसंगसमेत टेलिफोनमा संवाद गरेका हुन्।

गृह प्रदेश सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेपछि उनले मुख्यमन्त्री भट्ट, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडासंग टेलिफोनमा संवाद गरेका हुन्। 

सभापति देउवाले यस कुराको जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत गराएका छन्। उनले कोरोनाको व्यापक परीक्षण गर्न तत्काल गति बढाउनुपर्नेस्थिति रहेको बताउँदै सरकारको ध्यानाकर्षणसमेत गराएको जानकारी गराएका छन्।

शनिबार कैलालीमा एक महिला र एक पुरुष गरी दुई जना र कञ्चनपुरमा एकजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको थियो। उनीहरूमध्ये दुईजना भारतबाट आएका हुन् भने एकजना सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजू हुन्।

सुदूरपश्‍चिममा नेपालकै सबैभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतकर्ता अपनाउन थालिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.