|

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना संक्रमणको महामारीसँग जुध्‍न 'फुल टाइम' प्रधानमन्त्री आवश्यक रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्‍जालमा आफ्ना धारणा सार्वजिनक गर्दै उनले सरकारले गरिरहेको लकडाउनको भने समर्थन गरेका छन्। 

उनले खुला सिमाना रहेको स्थितिमा लकडाउन लम्ब्याउनु अनिवार्य रहेको तर्क गरेका छन्। 'लामो खुला सिमाना रहेको स्थितिमा लकडाउनको अवधि लम्ब्याउनु अनिवार्य हो', उनले भनेका छन्, 'सबैले पालना गरेका छौं। अझै सावधानीपूर्वक गरौं ।'

उनले लकडाउन बढाइए पनि भारतीय सीमामा अलपत्र, बेरोजगार, विपन्‍न र अशक्तहरुको व्यवस्थापन जरुरी रहेको औँल्याएका छन्। 'भारतीय सीमामा अलपत्र रहेका, बेरोजगार, विपन्‍न, अशक्तको व्यवस्थापन सुधार्नु छ, परीक्षण बढाउनु छ', उनले अगाडि भनेका छन्, 'स्वास्थ्यकर्मीलाई साधनसम्पन्‍न गर्नु छ। फुलटाइम प्रधानमन्त्री जरूरी छ। चेतना भया!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.