कोभिड-१९ {अपडेट}

कपिलवस्तुमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु

चैत २४, २०७६

    बुटवल : कपिलवस्तु अस्पालतालको आइसाेलेसनमा राखेर उपचार गरिएकाे एक बिरामीको मृत्यु भएको छ। सोमबार साँझ ८ बजे विजयनगर गाउँपालिका  २ जलैयाका ३० वर्षीया गोवर्द्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुपेरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए।

    कोरोना परीक्षणका लागि मृतकको थ्रोट स्वाब संकलन गरी काठमाडौं पठाउने तयाारी हुँदै गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका मेसु डा बञ्जाडेका अनुसार मृतक पहिल्यैदेखि मुटु र फोक्सोको समस्याले ग्रसित थिए।

    उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्ने जस्ता लक्षण देखिएपछि कोरोना आशंकामा शनिबार मात्रै आइसोलेसनमा भर्ना गरिएको थियो। बिरामीलाई शुक्रबार चन्द्रौटाको एक स्थानीय अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]