|

काठमाडाै‌ं : सोमबार साँझ नेपालका प्रधानमन्त्री केपी ओली र युएईका युवराज माेहम्मद बिन जायद अल नाह्यनबीच टेलिफोन वार्ता भएको छ। टेलिफोना वार्ताका क्रममा दुबईका नेपालीहरुको अवस्थाबारे प्रधानमन्त्री ओलीले जिज्ञासा राखेका छन्। प्रधानमन्त्रीको जिज्ञासाको जवाफमा युएईका युवराज जायदले नेपालीहरु सुरक्षित रहेकाले त्यसबारे प्रधानमन्त्रीलाई ढुक्क रहन आग्रह गरेका छन्। 

ट्‍विटरमार्फत प्रधानमन्त्रीले भनेका छन् –

युएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेका जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन्। उनीहरुले युएईको आर्थिक विकासमा पु(याएको योगदानको प्रशंसा गर्दछु। ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.