|

सिमरा (बारा) : लकडाउनको मौका छोपेर बारामा वन तस्करहरु सक्रिय  भएका छन्। डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले सोमबार नमोवुद्ध सामुदायिक वन क्षेत्रवाट चोरी तस्करी गरी लुकाइराखेको ३२ क्युफिट सालको चिरान काठ बरामद गरेको छ।

डिभिजन वन कार्यालय बारा र सब डिभिजन वन कार्यालय पथलैयाको संयुक्त वन सुरक्षा टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२२ को चकरीस्थित एक स्थानीयको  गोठवाट काठ बरामद डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमद्ले जानकारी दिए।

‘काठ लुकाई राख्ने स्थानीयको नाम ठेगाना र काठ तस्करीमा संग्लनहरुको खोजी भइरहेको छ,’ डिभजन वन अधिकृत अहमदले  भने, ‘स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा हामीले तस्करी गरेको काठ बरामद गर्यौं अब यो चिरानमा कति जना संग्लन थिए, गोठमा लुकाएर राख्ने घरवाला सहित सबैको खोजी गरेर नियन्त्रणमा लिन्छौं।’

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न ठूलो सख्यामा सुरक्षाकर्मीहरु खटिएको अवस्थामा वन तस्कर  तथा  वन शिकारीहरुको गतिवधि वन क्षेत्रमा ह्वात्तै बढेको छ। लकडाउनको दुई साताको अवधिमा मात्रै वन रक्षकहरुले बारामा तीनवटा तस्करीका घटना सार्वजनिक गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.