|

रौतहट : नेपाल भारत सीमा क्षेत्रबाट कोही पनि कुनै समयमा प्रवेश नगरुन भन्ने उद्देश्यले रौतहटको सीमा क्षेत्रमा २४ सै घण्टा सशस्त्र प्रहरी तैनाथ हुने भएका छन्।

सीमा क्षेत्रमा पर्ने रौतटहको ३२ किलोमिटर क्षेत्रमा २४ सै घण्टा सशस्त्र प्रहरी तैनाथ हुने सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी  दिएका छन्। विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण एवं रोकथामका लागि सशस्त्र प्रहरीले यो अभियान चलाएको उनले जानकारी दिए।

भारतसँग जोडिएको ३२ किलोमिटर सीमाबाट हुने आवत जावतलाई पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्येले सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा.ले थप ६ वटा अस्थायी पोष्ट स्थाापना गरेको समेत उनले जानकारी दिए।

मंगलबारदेखि रौतहटको बौधिमाई नगरपालिकाको  छोटी भन्सार कार्यालय, ईशनाथ नगरपालिकाको मावि मठियाको भवन, राजदेवी नगरपालिकाको सामुदायिक भवनमा,गौर नगरपालिकाको महादेवपट्टीमा,गौर नगरपालिका कै कानुपट्टीमा र ईशनाथ नगरपालिकाको घिउरा क्रान्ती आधारभूत विद्यालय अस्थायी पोष्ट निर्माण गरेको गणपति कर्णजितले बताए।

हरेक अस्थायी पोष्टमा १० देखि २० जनासम्म सशस्त्र प्रहरी रहनेछन्। सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा हरेक अस्थायी पोष्टमा २४ सै घण्टा सशस्त्र प्रहरीले सीमा क्षेत्रको आवागमनको निगरानी गर्ने उनले बताए।

रौतहटको लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, रामपुरखाप र सरमजुवा गरी ५ स्थानमा बोर्डर आउट पोष्ट रहँदै आएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ती बोओपीमा सशस्त्र प्रहरी रहेका छन्। ती बिओपीको अतिरिक्त ६ वटा अस्थायी सशस्त्र प्रहरी पोष्ट स्थापना गरेको गणपति कर्णजितले बताए।

अस्थायी पोष्टको अवस्थाबारे गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २४ सै घण्टा अनुगमन समेत हुने उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.