|

धादिङ : धादिङको गल्छी गाउँपालिकाको क्‍वारेन्टाइनमा बस्दै आएका १७ जना दुई साताको क्‍वारेन्टाइन बसाइपछि मंगलबार बिहान घर फर्किएका छन। 
मजदुरीका लागि भारत गएका उनीहरु भारतमा कोरोना संक्रमण फैलन थालेपछि गाउँ फर्किएका थिए।

गाउँपालिकाले वागेश्वरी माध्यमिक विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा बसेका २० मध्ये १७ जना १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएको गाउँपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख शिव पौडेलले बताए। 

दुई जना चैत १८ गते नै घर फर्किसकेका छन् भने अब एक जना मात्र क्‍वारेन्टाइनमा रहेको पनि पौडेलले जानकारी दिए। सरकारले भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइमा राख्न निर्देशन दिएपछि दुई साता अघि उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएको थियो। गल्छी गाउँपालिकामा चैत लागेपछि भारतलगायत विभिन्न देशबाट ८३ जना व्यक्ति गाउँ फर्किएका गाउँपालिकाले जनाएको छ। 

विदेशबाट आएकामध्ये भारतबाट ७५ जना, युएईबाट ४ जना, कोरिया, कतार, मलेसिया, बंगलादेशबाट १÷१ जना रहेका छन्। अन्य मुलुकबाट भन्दा भारतबाट आउनेहरुको संख्या धेरै रहेको र भारतमा संक्रमण देखिएपछि समूहमा गाउँ फर्किएकहरुलाई दुई साता क्‍वारेन्टाइनमा राखिएको गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाले बताइन्। 

भारतबाट आएका ७५ मध्ये २० जना गाउँपालिकाको क्‍वारेन्टाइनमा राखिएको थियो भने बाँकीलाई घरमै सुरक्षित बस्न निर्देशन दिईएको थियो। क्‍वारेन्टाइनमा रहेकाहरु कसैलाई पनि कोरानासँग मिल्दो मात्रै होइन अरु स्वास्थ्य समस्या पनि नदेखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 
मंगलबार क्वारेनटाइनबाट घर फर्किएकाहरुमा गल्छी गाउँपालिका वडा ८ का १६ जना र वडा नम्बर २ का एक जना रहेका छन्। उनीहरुलाई गाउँपालिकाले आफन्तको जिम्मा लगाएर घर पठाएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.