|

तनहुँ : राहत वितरणमा तनहुँको भानु नगरपालिकाले छुट्टै मापदण्ड निर्धारण गरेको छ। लकडाउनको समयमा भानु नगरपालिका क्षेत्रभित्र दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्दै आएका अतिविपन्न परिवारलाई मात्र राहत वितरण गर्ने भएको छ।

नगरपालिकालले सरकारी, गैरसरकारी, निवृत्तिभरण प्राप्त गर्ने, रोजगारी पाएका, वैदेशिक रोजगारीमा गएका, निजी विद्यालयमा सन्तान पढाउने, सामाजिक सुरक्षा भत्ता पाउने घरलाई राहत नदिने निर्णय गरेको छ। 

चौतर्फी रुपमा विपन्नले भन्दा सम्पन्न व्यक्तिले राहत पाइरहेको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उदयराज गौलीले जानकारी दिए। ‘मापदण्ड बनाइदिएपछि सर्वसाधारणमाझ पारदर्शी हुने हेतुले यस्तो निर्णय गरिएको हो,’ गौलीले भने, ‘पारदर्शी र वडाहरुलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ।’ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.