|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ कौ सीमा नजिकै रोकिराखेको एउटा भारतीय नम्बर प्लेटको गाडीमा दुई थान बन्दुक भेटिएको छ। 

डिएल ३ सीसीआर ३९९७ नम्बरको टोयोटा फच्र्युन गाडीमा प्वाइन्ट टुटु एलआर एक थान, त्यसको गोली १४ वटा तथा एयर गन थान १ र त्यसको छर्रा १९६ वटा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक  वीरबहादुर साउदले जानकारी दिएका छन्।

उक्त गाडीबाट नेपाली एक हजार दरको ७१ हजार, ५ सयको नोट ५ हजार ५००, मेगा बैंकको एटिएम कार्ड एउटा, हिमालयन बैंकको एटिएम कार्ड एउटा, एनआईसी बैंकको एटिएम  कार्ड २ वटा, गरिमा विकास बैंकको एटिएम कार्ड एउटा, आर इन्डियन बैंकको एटिएम कार्ड एउटा र आईएमी कार्ड एउटा बरामद भएको छ। 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी सशस्त्र प्रहरी उपरीक्षक साउदका अनुसार बरामद भएको एउटा एटिएम कार्डमा कञ्चनपुरकै गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुप्तु शाहीको नाम छ। 

बरामद हतियार, एटिएम कार्ड, नगद र अन्य सामानबारेमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक साउदले जानकारी दिए। नेपालमा लकडाउन भइरहेका बेला अवैध हतियारसहितको भारतीय गाडीबारे अनुसन्धान भइरहेको उपरीक्षक साउदले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.