समाज

तीन हजारको थर्मल गन १५ हजारमा बिक्री, शंकर ग्रुपका सञ्‍चालक पक्राउ

चैत २५, २०७६

    काठमाडौं :  कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    कोभिड-१९ विश्वव्यापी महामारी संकटको अवस्थामा बजार मूल्य अन्दाजी ३ हजार ५ सय रुपैयाँ प्रति गोटा पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँ प्रति गोटामा बेच्ने शंकर ग्रुपका संचालक एवम् कीर्गिस्तानका लागि अनररी कन्सुलर समेत रहेका अग्रवालले  कालो बजारी गरेको पाइएपछि पक्राउ गरिएको अपराध महाशाखा प्रमुक सहकुल थापाले जानकारी दिए। 

    प्रहरीले अग्रवालले प्रयोग गर्ने २०९-एच.सि.सी-१ नम्बर भएको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन ६७ थान बरामद गरेको छ।   
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]