आइसोलेसनबाट वृद्धा भन्छिन् : मलाई केही हुँदैन, छिमेकीको पिर लाग्छ

|
प्रतीकात्मक तस्वीर

बागलुङ : बेल्जियमको सुन्दर शहर। कान्छी छोरीले किनेको नयाँ घर हेर्ने कम्ता रहर थिएन। यता गाउँमा पनि समस्या नै थियो। पहिले एक पटक पुगेको ठाउँ भए पनि नयाँ घर कान्छी छोरीले किनेको थाहा पाएपछि आजै जाऊँ, भोलि जाऊँ हुँदा हुँदै एक महिनाको समय मिल्यो। 

बेल्जियम घुम्‍नकै लागि लुबेन शहर पुगेकी थिइन् बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ वर्षीया वृद्धा। जो अहिले कोरोना संक्रमणका कारण धौलागिरी अञ्चल अस्पतालको आइसोलेशनमा उपचाररत छिन्। 

फागुन १५ गते बेल्जियम पुग्दा उनको मनमा कम्ता उल्लास थिएन। छोरीले किनेको नयाँ घर हेर्ने हुटहुटीले त्यहाँ पुर्‍यायो। नत्र उनी जाने नै थिइनन् भन्छन परिवारका सदस्यहरु। तीन वर्ष पहिला पनि पुगेको शहर लुबेन यसपाला अर्कै देखियो। किनकी उनकी छोरीको त्यही शहरमा अब नयाँ घर छ।  

 ‘एकपटक त लुबेन शहर घुमुरै आएको नि, उनले भनिन्, ‘यस्तो हुन लेखेको रहेछ र त छोरीको नयाँ घर हेर्ने हुटहुटीले फेरि त्यहाँ पुरायो मलाई।’

आमाकी ‘प्यारी कान्छी छोरी’ लाई भने दोस्रो पटक आइपुगेकी आमालाई बाँकी शहर घुमाउने चाह थियो। तर, त्यो छोरीको चाहना भने अधुरो नै रह्यो। आमा आएको खबर सँगै विश्वव्यापी महामारीको फैलिसकेको थियो। आमा र महामारी एकसाथ बेल्जियम पुगेको जस्तै भयो। नयाँ घर हेर्न आएकी आमालाई उनले घुमाउन पाइनन्। बेल्जियममा कोरोनाको त्रास फैलिइसकेको थियो। 

कान्छी छोरीको बस बस भन्‍ने चाहना र यता (नेपालका परिवार) को फर्किहाल् भन्ने आग्रहको दोसाँधमा थिइन् उनी। बल्ल बल्ल छोरीलाई मनाइन् र एक महिने भिसालाई छाडेर चैत ४ गते घर फर्किइन्। घर फर्किँदा उनी मात्रै एक्लै फर्किनन्, विश्वको साझा दुष्मन कोरोना भाइरस पनि पछ्याउँदै आइपुग्यो। भन्छिन्, ‘यसरी छाड्दैन भन्‍ने थाहा पाएको भए त बरु उतै बस्थेँ नि !’ 

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रासले बेल्जियम नछुने त कुरै भएन। त्यहाँ पनि यसको प्रभाव र असरबारे प्रशस्तै कुराकानी र छलफल भए। उनले बेल्जियममा पाइला टेकेको गएको एक हप्ता नहुँदै बसाईबारे प्रश्‍न उठाउन थाले सबैले। 

कान्छी छोरीको बस बस भन्‍ने चाहना र यता (नेपालका परिवार) को फर्किहाल् भन्‍ने आग्रहको दोसाँधमा थिइन् उनी। बल्ल बल्ल छोरीलाई मनाइन् र एक महिने भिसालाई छाडेर चैत ४ गते घर फर्किइन्। घर फर्किँदा उनी मात्रै एक्लै फर्किनन्, विश्वको साझा दुष्मन कोरोना भाइरस पनि पछ्याउँदै आइपुग्यो। भन्छिन्, ‘यसरी छाड्दैन भन्‍ने थाहा पाएको भए त बरु उतै बस्थेँ नि !’ 

 ‘विदेशमा कोरोनाको जोखिम हुन्छ भनेर छिटो–छिटो घर फर्के। यहाँ पनि छाडेन’, कोरोना अनुभव सुनाउँदै उनले भनिन्, ‘मलाई त अझै पनि विश्वास नै लागेको छैन।’ 

कोरोनाबारेमा बाहिर भनिएजस्तो उनमा अहिले न खोकी छ, नत ज्वरो नै। डाक्टरले भनेजस्तो केही पनि भएको छैन। ‘तर र्‍यालको रिपोर्टलाई मान्नै पर्‍यो नि !’ धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचारत उनले आफ्नो रिपोर्ट आउँदाको दिनको अनुभव सुनाइन्, ‘सुरुमा त विश्वास नै लागेन। तर सबैतिरबाट फोन आउन थालेपछि भने हो रहेछ भने।’ 

आफूसँगै बेल्जियमबाट आएकी युवतीको परिवारमा नेगेटिभ रिपोर्ट आएको सुनेकी उनले आफ्नो पनि त्यस्तै आउँछ भन्ने सोचेकी थिइन्। 

‘म भाग्दै गएँ, कोरोनाले पछ्याउँदै आयो, भाग्दाभाग्दै खै कसरी समाएछ कुन्‍नि!’ आफूलाई विश्वासै नलागेको भन्दै सुनाइन्, ‘घुम्दा कोरोना बढी लाग्छ भन्थे, त्यही भएछ कि?’ 

उनी आफूलाई केही नहुनेमा ढुक्क छिन्। बरु चिन्ता त अरु छिमेकी र परिवारलाई केही हुन्छ कि भन्‍नेमा छ। ‘मलाई त केही हुँदैन, छिमेकीलाई केही भयो भन्‍ने पिरले पोलिरहन्छ।’ 

यहाँ रहेका जेठी छोरी, उनका परिवार र आफूसँगै बसेका साना बाबुनानीलाई केही नहोस् भनेर कामना गरिरहेकी छिन् उनले। आइसोलेशन कक्षमा सबै ठीकठाक भएको बताउँदै उनले भनिन्, ‘दोहोरी गीत हेर्ने मन थियो, त्यो हेर्न पाइँदो रहेन्छ। इन्द्रेणी’ हेर्न पाइएन, अरु त सबै ठीक छ।’ 

लामो समयदेखि दमको रोगी रहेकी उनले अहिले कोरोनाको भन्दा दमको औषधि गरिरहेकी छिन्। आइसोलेसन कक्षबाट ढुक्क रहन सबैलाई आग्रह गर्दै भनिन्, ‘मलाई कोरोनाले केही पनि हुँदैन। दमको औषधि भने दिनको दुईपटक खानुपर्छ। औषधिका लागि मेसिन पनि प्रयोग गर्छु। दमले बरु दुःख दिन्छ। अरु त मेरो आत्मबल नै कडा छ।’ 

‘म भाग्दै गएँ, कोरोनाले पछ्याउँदै आयो, भाग्दाभाग्दै खै कसरी समाएछ कुन्‍नि!’ आफूलाई विश्वासै नलागेको भन्दै सुनाइन्, ‘घुम्दा कोरोना बढी लाग्छ भन्थे, त्यही भएछ कि?’ 

उन अझै भनिन्, ‘आफन्त र परिवारका सदस्यहरुसँग फोन गरेर आरामसाथ दिन बिताइरहेकी छु। घरको क्‍वारेन्टाइनमा बस्दा जस्तै छ। डाक्टरहरुले राम्रो सेवा गरेका छन्।’

 चैत २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणको पोजेटिभ रिपोर्ट आयो। त्यसले नै उनमा कोरोना संक्रमणको पुष्टि भयो। बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको क्यूआर ६५२ नम्बरको बिमानबाट उनी चैत ४ गते नेपाली आएकी हुन्। 

त्यही विमानमा आएकी काठमाडौंकी किशोरीलाई संक्रमण पुष्टि भएपछि नेपाल आउनेको खोजी भएको थियो। त्यही क्रममा बागलुङको कुँडेलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भेटियो। तिनै युवतीसँग उनी बेल्जियबाट काठमाडौं ओर्लिएकी थिइन्। त्यहाँबाट यती एयरलाइन्सको ६७९ नम्बरको जहाजबाट पोखरा हुँदै ६३५३ नं. को स्कार्पियो चढेर बागलुङसम्म आइपुगेकी थिइन्। 

विदेशबाट फर्किएको दिन उनी जेठी छोरीको बागलुङ बजारस्थित घरमा बसिन्। अर्काे दिन चैत ५ गते बल्ल आफ्नै घर गौडाकोट पुगिन्। घरमा उनलाई भेट्न धेरै इष्टमित्र, छिमेकी र बालबच्चा सबै पुगे। त्यहाँ पुग्ने सबैलाई उनले बेल्जियमको कोसेली चक्लेट पनि बाँडिन्। 

‘यो त एउटा रोग न हो’, कान्छा छोराले भने, ‘यस्तो बेलामा सबैको साथ, सहयोग र हौसला चाहिने रहेछ। तर देखेर भाग्ने र घृणा गर्ने धेरै हुदाँरहेछन्।’ परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि अहिले सबै खुशी छन्। 

कुनै लक्षण नदेखिए पनि स्थानीय र स्वास्थ्यकर्मीको दबाबपछि थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। तर उनले नसोचेको रिपोर्ट पोजेटिभ आयो। आमालाई कोरोना संक्रमण भएको खबर आएपछि एम्बुलेन्स चालक भागेकोदेखि छिमेकी डराएको देख्दा उनका कान्छा छोरालाई दिक्क लागेको छ। 

‘यो त एउटा रोग न हो’, कान्छा छोराले भने, ‘यस्तो बेलामा सबैको साथ, सहयोग र हौसला चाहिने रहेछ। तर देखेर भाग्ने र घृणा गर्ने धेरै हुदाँरहेछन्।’ परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि अहिले सबै खुशी छन्। 

जनस्वास्थ्यबाट तपाईंको आमालाई कोरोना संक्रमण देखियो, अस्पताल ल्याउनुपर्ने भयो भनेर पहिलो फोन आउँदा आफ्नो बोली नै अवरुद्ध भएको उनी सम्झन्छन्। 

‘साहस गरेर आमा हजुरलाई कोरोना देखियो रे भने’, उनले  भने, ‘आमा त ढुक्क पो हुनुभयो !’ आमाले आफूलाई रोग लागेकोभन्दा पनि हामी, छिमेकी, बाबुनानी र हजुरबालाई सर्‍यो कि भनेर पो चिन्ता गर्नुभयो। उनले अहिले डराउनेभन्दा पनि सचेतना अपनाउनुपर्नेमा जोड दिए। आमा केही दिनमा ठीक भएर घर फर्किनेमा परिवार सबैजना ढुक्क छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.