|

गोरखा : तपाईं गोरखाको सहिद लखन गाउपालिकामा पाहुना भएर जानेलाई आफन्तको घरमा नभई सामूहिक क्‍वारेन्टाइनमा राख्ने गरिएको छ । गाउँपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण विशेष समितिको बैठकले पाहुनालाई सामूहिक क्‍वारेण्टाइनमा राख्ने निर्णय गरेको हो । 

गाउपालिकामा चैत २५ गतेपछि प्रवेश गर्नेले १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा पनि बस्नुपर्ने नियम बनाइएको अध्यक्ष रमेश थापा मगरले जानकारी दिए। गाउँपालिकाकै एक वडाबाट अर्को वडामा पाहुना बनेर जानसमेत नपाइने उनले बताए । 

गाउपालिकाको कुनै घरमा पाहुना आइहाले टोल विकास संस्थाले वडालाई, वडाले गाउँकार्यपालिकालाई खबर गर्ने गर्छ । गाउँपालिकाको मंगलबारको बैठकले कसैले पिपिई, थर्मोगन, खाद्यान्न तथा नगद राहत दिन चाहेमा एकद्वार नीति अवलम्बन गर्नुपर्ने निर्णय गरेको छ । राहत वितरणलाई व्यवस्थित गर्न एकद्वार नीति अपनाई कोरोनाको संक्रमण फैलन नदिन सामाजिक दूरी कायम गर्न यस्तो गरिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.