|

काठमाडाैं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री अभाव हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्री अभाव झेल्नु नपर्ने बताएका हुन्।

आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामग्री निरन्तर नमुना परीक्षणका काम दोब्बर बनाउन आजै हेलिकोप्टरमार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए।

मागपत्र बुझाउन बझाङका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्‍ना स्वास्थ्य मन्त्रालयमा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.