छात्रवृत्तिमा अध्ययनरतलाई पनि लगाइँदै

|

काठमाडौ : सरकारले  कोरोना भाइरस नियन्त्रणका लागि अवकाशमा प्राप्त चिकित्सकलाई पुन: सेवामा बोलाउने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम न्यूनीकरण तथा नियन्त्रणमा परिचालन गर्न अवकाशमा गएका चिकित्सकलाई सेवामा बोलाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  केही दिनभित्रै अपिल गरी अवकाशमा गइसकेका वरिष्ठ तथा अनुभवी चिकित्सकलाई कोरोनाविरुद्धको अभियानमा लाग्‍न आवहान गर्ने भएको हो। 

उनीहरुलाई केही समयका लागि राज्यले  निश्‍चित सुविधा उपलव्ध गराएर सेवामा खटाउने तयारी गरेको हो। यस्तै  सरकारले मेडिकल कलेजमा छात्रवृत्तिमा अध्ययनरत विशेषज्ञ चिकित्सकलाई पनि कोरोना नियन्त्रणमा खटाउने योजना बनाइएको छ। 

यसरी कोरोना नियन्त्रणको अभियानमा खटाइने अध्ययनरत चिकित्सकलाई पनि विशेष सुविधा उपलव्ध गराउने तयारी सरकारले गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। 

मन्त्रालयले अवकाश पाएका र अध्ययन गर्दै गरेका चिकित्सकलाई सुविधासहित तीन महिनाका लागि छुट्टै सम्झौता गरी खटाउने योजना बनाएकोहो। 

यसअघि सरकारले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई सरकारी सेवामा आउन वा निजी अस्पतालमै कोरोना नियन्त्रणका लागि खटिने व्यवस्था मिलाएर भत्ता लिन आग्रह गरिसकेको छ ।

विश्वव्यापी महामारी रुपमा देखा परेको कोरोनाको संक्रमण रोकिने छाँट नहुँदा मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सेवाबाट अवकाश पाएका चिकित्सकलाई निश्‍चित समयसम्म सम्झौता गरेर सरकारी सेवामा आउन आव्हान गर्न लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.