|

बैतडी बैतडीमा कोरोना परीक्षणका लागि क्‍वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाब संकलन थालिएको छ। बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तीन ठाउँमा टोली पुगेर स्वाब संकलन गरेको हो।

यस्तै पञ्चेश्वर गाउँपालिकाको कुलाउमा पनि क्‍वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाबको नमुना संकलन सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

संकलन गरिएको थ्रोट स्वाबलाई बिहीबारै काठमाडौं पठाइनेछ। कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलन लागि टोली बैतडी आइपुगेको हो। कुलाउमा शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकामा क्‍वारेन्टाइनमा बसेकाको स्वाब संकलन गरिएको हो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.