|

सर्लाही : जिल्लाको चन्द्रनगर गाउँपालिकामा भारतबाट लुकिछिपी आएका ५ जना प्रहरीको आँखा छल्दै छिर्न सफल भएका छन्।

छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा मजदुरी गरिरहेका ५ जना बुधबार राति चन्द्रनगर आइपुगेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए। 
भारतको उत्तरप्रदेशमा मजदुरी गरिरहेका वडा नम्बर ६ कामत टोलका ५ जना बुधबार राति घर आइपुगेका छन्।

अध्यक्ष महतोले बिहीबार उनीहरूलाई कामतस्थित माविमा स्थापना गरिएको क्वारेन्टाइनमा स्वास्थ्यकर्मीले चेकजाँच गर्ने काम भइरहेको छ तर उनीहरूको स्वास्थ्य अवस्था शंकास्पद देखिए काठमाडौं रिफर गरिने बताए।

भारत र नेपाल दुवैतर्फ लकडाउनको अवस्थामा उनीहरू कसरी सीमा क्षेत्रबाट छिर्न सफल भए भन्नेमा आफू अचम्मित बनेको समेत अध्यक्ष महतोले बताए। ‘सर्लाहीका विभिन्न गाउँबाट मजदुरीमा गएका जम्मा २२५ जनाको समूह हिँडेर आइरहेको छ। त्यसमध्ये कै यी पाँचजना भएको खबर छ’, अध्यक्ष महतोले भने, ‘बाँकी सबैलाई उतै रोकेर भारतकै क्वारेन्टाइनमा नराखे ठूलो त्रासको अवस्था आउने देखिन्छ।' उतै रोक्नका लागि प्रयास भइरहेको पनि उनले भने ।

प्रमुख जिल्ला अधिकारी मोहन जिसीले नेपाल आउन खोजेका ३० जनालाई बिहीबार बिहानदेखि भारतीय पक्षले भारतीय बजार सोनवर्षास्थित क्वारेन्टाइनमा राखिसकेको जानकारी दिए। प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले खुला सिमानाका कारण उखुबारी, धानखेत जस्ता सुनसान स्थान बढी भएको र दशगजामै गाउँ भएकाले पनि ओहोर-दोहोरमा पूर्ण रुपले नियन्त्रण गर्न कठिनाई भइरहेको बताए।

‘सुरक्षाकर्मी दिनरात सीमा क्षेत्रमा खटिरहेका छन्' प्रउ पोखरेलले भने, ‘कतिपय ठाउँमा त वस्तुवा ख्रा चराउन नै यताका बासिन्दा उता र उताका यता ल्याउने गरेका छन्। अनि सुनसान स्थान र दशगजामै गाउँ भएकाले पनि पूर्ण रुपले रोक्नका लागि समस्या भइरहेको छ।उनले सीमा क्षेत्रमा निगरानीका साथै कडाइ गरिरहेको पनि जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.