दबाबपछि १ सय ४५ बोरा चामल वडाले फिर्ता लग्यो

|

बारा : बारामा राहतमार्फत दिइएकाे खाद्यान्‍न गुणस्तरहीन पाइएपछि स्थानीयले राहत वितरणमा रोक लगाएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका १७  नम्बर वडाले वितरण गरेको चामल कमसल भेटिएको हाे।

सोना मन्सुलीको चामल भन्दै पुरानो र नराम्रो चामल विपन्नलाई वितरण गरेको स्थानीयकाे आराेप लगाएका छन्। चर्को मूल्य परेकाे भनी कमसल चामल बाँड्ने कार्यमा संलग्नलाई कारवाहीकाे समेत स्थानीयले माग गरेका छन्।

गरिब र विपन्नलाई सरकारले दिने राहतमा लापरवाही गर्ने छुट कसैलाई नभएको भन्दै स्थानीयले बिहीबार वडा कार्यालय घेराउ गर्दै राहत वितरण रोकेका स्थानीय प्रेम लामाले बताए। वडाले ३ जना र सोभन्दा माथिका परिवार संख्याअनुसार एक सय ७९ विपन्न परिवार पहिचान गरी बुधबारबाट राहत वितरण सुरु गरेको थियो। 

व्यापारीलाई कारवाहीको माग

वडामार्फत प्राप्त चामल सडेको, कलसल र मिसावट भएकाे पाइएपछि राहत खरिदमा संलग्नलाई कारवाहीको गर्नुपर्ने स्थानीयले बताएका छन्। वडा नम्बर १७ समितिले स्थानीय उपेन्द्र किराना पसलबाट राहत सामग्री खरिद गरी वितरण गरेको थियो। महामारीका बेला गरिब र विपन्नको गाँसमा लापरवाही गर्ने किराना पसलेलाई कार्वाही गरिनुपर्ने स्थानीय जगदीश चौधरीले बताए। 

चामल फिर्ता

स्थानीयकाे गुनासोपछि किराना पसल सञ्‍चालकले चामल फिर्ता गरेका छन्। यसको बदलामा अर्को चामल उपलब्ध गराउने सर्तमा फिर्ता लिएको किराना सञ्‍चालक उपेन्द्र साहले बताए। 

'कारबाहीबारे छलफल हुन्छ' 

वडा नम्बर १७ का अध्यक्ष नवराज खड्काले सम्झौताअनुसार खाद्यान्न बिक्री नगर्ने किराना सञ्‍चालकलाई कारवाही गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। पसलेबाट विश्वास घात भएकाे उनले बताए। सर्वत्र विवाद बढेपछि सबैलाई खबर गरी राहतमा बुधबार वितरण गरिएको १ सय ४५ बोरा चामल फिर्ता गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.