|

पर्सा : नेपाल र भारत दुवै देशका सरकारले गरेको लकडाउनका बेला सीमापारि रक्सौलको क्‍वारेन्टाइनमा बसेका नेपाली भेटेर फर्किएका पर्सा १ का सांसद प्रदीप यादवसहित चार जनालाई होम क्‍वारेन्टाइन बस्न भनिएको छ। चारमध्ये २ जना पत्रकार पनि रहेका छन्।

बुधबार भारतको रक्सौलस्थित हजारीमल उच्च माध्यमिक विद्यालयमा राखिएका नेपाली भेटेर उनी फर्किएका थिए। सांसद यादव र पत्रकारद्वयसहित सांसद यादवका सवारी चालकलाई क्‍वारेन्टाइनमा बस्न भनिएको हो।
 
‘म अहिले घरमै होम क्‍वारेन्टाइनमा बसेको छुु’, सांसद यादवले भने। पत्रकारद्वय रितेश त्रिपाठी र अनिल तिवारी पनि आफ्नै घरमा नै बसिरहेका छन्। हजारीमलस्थित विद्यालयको क्‍वारेन्टाइनमा बसेका २५ जनामध्ये १५ जना नेपाली नागरिक छन्।

बिनासूचना आऊजाऊ गर्नुभयो : प्रजिअ कार्की 

प्रशासनलाई बिनाजानकारी सीमापारि पुगेर आएकाले क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.