|

बझाङ : बझाङको प्रसिद्ध छबिसपाथिभेरा गाउँपालिका ३ मा लाग्ने बान्नीकी चैतली मेला सञ्चालन गरेको आरोपमा ९ जनालाई कारबाही गरिएको छ। कारबाहीमा पर्नेमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी छन्। 

सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन २०२० अनुसार ९ जनालाई नै कारबाहीमा गरिएको पाण्डेले जानकारी दिए। गाउँपालिका वडा २ का अध्यक्ष विकास अयडी, वडा ३ का अध्यक्ष केशवराज जोशी र वडा ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र जरिवाना गरिएको छ। 

उनीहरुले प्रति दिन ३ सयका दरले एक महिना बराबरको ९ हजार र थप  एक सय रुपैयाँ जरिवाना तिरेर छुटेका छन्। यसैगरी वडा ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर शाहीलाई ७ दिन बराबरको कैद गरिने भएको छ। उनीहरुलाई एक सय रुपैयाँ जरिवाना तिराइएको छ। उनीहरूलाई बुधबार नियन्त्रणमा लिइएको थियो।

बान्नी मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुई जना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार इन्द्रबहादुर सिंहलाई एक सय जरिवाना तिराएको प्रजिअ पाण्डेले बताए।

नियमविपरीत जाने सबैलाई कारबाही गर्ने बताउँदै  प्रजिअ पाण्डेले लकडाउन उल्लंघन गर्ने सबैलाई नियमअनुसार हदैसम्मको कारबाही गरिने जनाए। देश नै लकडाउनमा गएको समयमा भने यहाँका स्थानीयले त्यसकाे बेवास्ता गर्दै चैत २४ गते सयौंको संख्यामा मेला लगाएका थिए।

बझाङको छबिस पाथिभेरा गाँउपालिका ३ को बान्नीचौरमा चैतली मेला लागेको थियो। साही आरोपमा यहाँ जनप्रतिनिधिसँगै पुजारीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएकाे हाे। 

यहाँका जनप्रतिनिधिहरुले भने मेला सञ्‍चालन नगर्ने भनेर छविसपाथीभेरा गाउँपालिकाले समेत सार्वजनिक रुपमा र विभिन्न संचारमाध्यममा जानकारी गराएको भए पनि त्यसकाे बेवास्ता गर्दै स्थानीय नै स्व:स्फूर्त रूपमा मेला लगाएका र आफूहरुले चाहेर पनि स्थानीय बासिन्दालाई रोक्न नसकेको प्रतिक्रिया दिएका थिए। प्रहरी प्रशासनको उक्त ठाँउमा सहभागी नभएका कारण मेलामा धेरै स्थानीयको सहभागीता रहेको उनीहरूको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.