|

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ।

त्यस्तै  पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ। यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब ४ गुणाले बढी हो।

त्यस्तै बिहीबार फ्रान्समा १३ सय ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ८सय संक्रमित थपिएका छन्। फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ।  इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ। 
 
विश्वका २ सय नौ देशमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ६ सय ९१ पुगको छ। वर्ल्डोमिटरका अनुसार हिजो मात्रै सात हजार भन्दा बढी मानिसको ज्यान गएको छ भने ८४ हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन्। विश्वभर संक्रमितको संख्या १६ लाख नघेको छ। त्यस्तै ३ लाख ५६ हजार २ सय ८३ जना उपचारपछि निको भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.