|

काठमाडौं : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन्। मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ।

कोरोना भाइरसबाट ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन्। कोरोनाबाट विभिन्न मुलुकका नौ नेपालीको ज्यान गइसकेको छ भने १०० भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन्। 

यही चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले उक्त समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन त्यहाँका सबै नेपालीमा आग्रह गरेको छ।

ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.