|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्यहरुले नेपालमा कोरोना नियन्त्रणको लागि सांसद विकासकोषको बजेट परिचालन गर्न सरकारलाई आग्रह गरेका छन्। कांग्रेसका एक दर्जन युवा नेता तथा केन्द्रीयसदस्यहरुले संयुक्त रुपमा अपिल गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

 केन्द्रीय सदस्यहरु डा चन्द्र भण्डारी, गगनकुमार थापा, बद्री पाण्डे, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, किरण यादव र कल्याण गुरुङले संयुक्तरुपमा अपिल जारी गरेर सांसद विकास कोषको रकम कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेका हुन्। 

केन्द्रीय सदस्यहरुले सरकारको ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘कोरोना भाइरसको रोकथाम र उपचारका लागि लडकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि तत्कार्द थप प्रभावकारी काम गर्नुपर्छ।’ 

संकटको समयमा खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्ने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।  

सुरक्षाकर्मीको तलब कट्टा गर्ने विषयमा उनीहरुले आपत्ति जनाएका छनु्। ‘सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्दा सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउँछ,’ उनीहरुले भनेका छन्, ‘स्वास्थ्यकर्मीलगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था सरकारले गर्नुपर्छ।’  

त्यस्तै उनीहरुले दैनिक ज्याला मजदूरी गरेर छाक टार्ने तथा विपन्नहरुलाई राहतको व्यवस्था गर्न अपिलमा भनिएको छ। त्यस्तै किसानले उब्जाएको बाली र पशुचौपायको विषयमा पनि सरकारले सोच्नुपर्ने उनीहरुको भनाई छ। 

विपदको मौका छोपेर सरकारको नेतृत्व गर्नेहरुले भ्रष्टाचार गरेको घटना बाहिर आइरहेको आरोप लगाउँदै उनीहरुले दण्डीत गर्न पनि माग गरेका छन्।  उनीहरुले देशैभरी परीक्षणको दायरा र गति बढाउनुपर्ने तथा परीक्षण केन्द्र अविलम्ब थपिनुपर्ने, साथै कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको पहिचानका लागि आवश्यकपर्ने परिक्षणका लागि चाहिने परीक्षण किट, पिपिईलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको आवश्यक बन्दोबस्त गर्न पनि सरकारलाई सुझाब दिएका छन्। 

त्यस्तै नेपाल बाहिर रहेका नेपालीहरुले नेपाल आउन चाहे सरकारले व्यवस्था मिलाउनुपर्ने बताएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.