|

डडेल्धुराः डडेल्धुराको भारतीय सीमावर्ती परिगाउँका युवाले भारतबाट नेपालमा हुने आवागमनलाई पूर्णरूपमा रोक्न अभियान सञ्चालन गरेका छन्।

स्थानीय युवाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा यहाँका सीमा नाकामा लुकी-छिपी हुने आवागमन पूर्ण बन्देज गरेका हुन्। विश्वव्यापी रूपमा माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)कोे संक्रमण हुन नदिन भारतका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने गराउने कामलाई निरुत्साहित पारेको जनाइएको छ। 

सीमा क्षेत्रमा ट्युबको प्रयोग गरी महाकाली नदी तार-उतार गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाइएको स्थानीय युवा रामदत्त भट्टराईले बताए। उनले भने, ‘यहाँका ट्युब संचालन गर्ने व्यक्तिलाई समेत सम्झाइ-बुझाइ गरेको र नदीमा जानसमेत प्रतिबन्ध गरेका छौं।’

दैनिक रुपमा माछामार्ने, नुहाउन जाने तथा गाइगोरु चराउन लगेर जाने व्यक्तिलाईसमेत सम्झाइ-बुझाइ गरिरहेको अभियानमा संलग्न भट्टराईले जानकारी दिए। गाउँमा खेतीपातीको समय भएकाले सबैलाई संयमित रहन र अन्य व्यक्तिको सम्पर्कमा नजान आग्रह गरिरहेको उनले बताए।

परिगाँउ क्षेत्रमा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न र घरपरिवारसँग घुलमिल नहुन सल्लाह दिइरहेको समेत भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.