|

भक्तपुर : सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित परेली आयुर्वेद हाउसमा औषधि व्यवस्था विभाग र प्रहरीले सिलबन्दी गरी सञ्चालिका काभ्रेपलाञ्चोक साबिक बाङथली ९ स्थायी घर भएकी ३६ वर्षीया कमला उप्रेती (अर्याल) लाई पक्राउ गरेको छ।

सो आयुर्वेद हाउसले आधिकृतरुपमा विभिन्न ब्राण्डका साबुन, क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसनलगायतका कस्मेटिक सामानको उत्पादन, प्याकिङ तथा लेवलिङ कार्य गरेकोले विभागले सिलबन्दी गरेको हो। परेलीले अनाधिकृतरुपमा विभिन्न किसिमका कस्मेटिक वस्तुको उत्पादन, प्याकिङ र लेवलिङलगायतका कार्य गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा विभागले प्रहरीको सहयोगमा छापा मारेको थियो।

प्रहरीलाई प्राप्त सूचनाअनुसार विभागका फार्मेसी अधिकृत धनबहादुर बोहोरा र प्रहरीको प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्ट नेतृत्वको संयुक्त टोलीले परेलीमा छापा मारेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

अनुसन्धानका क्रममा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा उद्योग दर्ता भई हर्बल जन्य वस्तु उत्पादन गर्ने अनुमति पाएको सो परेली आयुर्वेद हाउसले अनाधिकृत रुपमा साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसनलगायतका कस्मेटिक सामानको उत्पादन, प्याकिङ तथा लेवलिङ गर्दै आएको फेला परेको प्रनाउ गिरीले बताए।

टोलीले कानुन बमोजिम कानुनको जनप्रतिनिधिको रोहबरमा परेली आयुर्वेद हाउसको उत्पादन, प्याकिङ, लेवलिङ साथै स्टोर गरेको कोठा र मुख्य प्रवेशद्वार समेतमा सिलबन्दी गरी सम्बन्धित विभाग र निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.