एजेन्सी : अमेरिकामा प्रहरी अधिकारीको आगाडि हाच्छ्युँ गर्छु भन्ने एक जनालाई अमेरिकी प्रहरीले आतंकवादअन्तर्गत मुद्दा चलाएको छ। अमेरिकाको भर्जिनिया सहरमा किराना पसलमा एक महिलाले सामान किनेर विवाद गरेपछि पसलेले प्रहरी बोलाएको थियो।
जब प्रहरी घटनास्थलमा पुग्यो ती महिलाले प्रहरी अधिकारीसँग कारोना भाइरससँग डार लाग्छ कि लाग्दैन भनी ती महिलाले प्रहरीलाई नै सोधेकी थिइन्। जवाफमा प्रहरीले ‘डर लाग्छ’ भनेपछि ती महिलाले प्रहरीलाई धम्क्याउँदै उनीहरुको अगाडि हाच्छ्यूँ गरिदिने धम्की दिइन्। यति भनेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको खबर अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै नवभारत टाइम्सले उल्लेख गरेको छ।
त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा एक महिलाले करिब १ हजार ८ सय डलर पर्ने सामान चाटेपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको छ। क्यालिफोर्नियाको एक सुपरमार्केटमा ती महिलाले मूल्यमा कुरो नमिलेपछि आफूले किन्न खोजेको सबै सामान चाटेकी बताएकी थिइन्। प्रहरीले उनीविरुद्ध पनि आतंकवादी गतिविधि गरेको आरोपमा मुद्दा चलाउने बताएको छ। ती महिलाले चाटेका सबै समानलाई जलाइएको छ।
पछिल्लो समय कोरोना भाइरसका कारण सबैभन्दा नाजुक अवस्थामा अमेरिका छ। अमेरिकामा १६ हजारभन्दा बढीको संख्यामा मानिसको निधन भइसकेको छ। त्यस्तै संक्रमितको संख्या ४ लाखभन्दा बढी पुगिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।