गुल्मी : गुल्मीमा आगलागीबाट एउटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ। शुक्रबार बिहान एक्कासि आगलागी भई जिल्लाको ईस्मा गाउँपालिका-१ जुकेपानीका ठगबहादुर रानाको घर जलेर नष्ट भएको हो।
मानवीय र पशुचौपायाको कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक –एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए। प्रहरीका अनुसार अनुसार ६ लाख ५९ हजार ५ सय बराबरको क्षतिको अनुमान प्रहरीले गरेको छ भने आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष खत्रीद्वारा सहयोग हस्तान्तरण
घर जलेर नष्ट भएको जानकारी पाएलगतै उद्धारका लागि आफूहरू त्यहाँ आइपुगेको त्यस वडाका वडाध्यक्ष चुराबहादुर खत्रीले बताए। आगलागी कसरी भयो भन्ने खुलेको छैन वडाध्यक्ष खत्रीले भने। वडाध्यक्ष खत्रीले तत्कालका लागि ५ जनाको परिवारलाई १५ हजार नगद सहयोग हस्तान्तरण गरेका छन्।
त्यस्तै वडाध्यक्ष खत्रीले एक क्वीन्टल चामल, ५ किलो दाल, नुन, तेल र ५ जनाको परिवारलाई लत्ता कपडा समेत उपलब्ध गराएका छन् । साथै वडा सदस्य जंगबहादुर खत्रीले पनि उक्त परिवारलाई ५ हजार नगद सहयोग गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।