|

काठमाडौं : सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ।

शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका सञ्‍चालक तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन्।

त्यस अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर र सातै प्रदेशमा एक हजार लिटरका दरले बितरण गरिने जानकारी दिए।

उनले सेनिटाइजर अभाव भइरहेको वेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा सुमीलाई धन्यवाद दिए। कम्पनीका सञ्चालक सांसद घलेले कोरोनाको महामारीबाट बच्‍न लागि सरकारलाई सेनिटाइजर उपलव्ध गराएको बताए।

औषधि व्यवस्था विभागबाट अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो। सेनिटाइजर करिब एक करोड रुपियाँ बराबरको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.