वृद्धवृद्धाको स्वास्थ्य खतरामा, जोगाउनै मुस्किल

|

किरण राई

लण्डन  ः कोरोना भाइरसको संक्रमण बढदै गएपछि बेलायतमा बस्दै आएको भूतपूर्व गोर्खा सैनिकहरु सबैभन्दा त्रास छन्। कोरोना भाइरसले वृद्धहरुलाई छिटो असर गरी मृत्युसमेत हुने गरेकाले बुढ्यौली उमेरका गोर्खा भूतपूर्व सैनिकहरु यतिबेला ठलो त्रासमा छन्। 

कोरोना भाइसका कारण गत महिनामात्रै ५ जना गोर्खा सैनिकहरुको मृत्यु भइसकेको छ। कोरोना भाइरसको संक्रमण बेलायतमा दिनदिनै बढदै गएपछि वृद्धवृद्धा उच्च जोखिममा परेका हुन्। 

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेहरु सयौंको संख्यामा छन्। कोरोनाको त्रासले अधिकांश वृद्धवृद्धा गोर्खा भुतपूर्व सैनिक घरभित्रै बस्न बाध्य छन्। 

कोराना भाइरसले पर्वत स्थयी घर भई न्युनिटनमा बसोबास गर्दै आएका ५६ वर्षीय मेखबहादुर गुरुङको बुधबार मृत्यु भएको थियो। बुधबार नै सोलुखम्बु जन्मघर भई नटिङहाममा बसोवास गर्दै आएका ५८ वर्षीय शिव श्रेष्ठको निधन भएको छ। 

मंगलबार पर्वत स्थायी घर भई लण्डनको अल्वटन बसोबास गर्दै आएका ५९ बर्षीय चेतप्रसाद गुरुङको मृत्यु भएको छ। २० मार्चमा ६७ बर्षीय सुकमाया गुरुङ र उनका श्रीमान अप्रिल ९ मा ८२ बर्षीय चोकबहादुर गुरुङको मृत्यु भएको थियो। १२ दिनको अन्तरमा उनीहरुको मृत्यु भएको थियो।

त्यसअघि १५ मार्चमा खाँदबारी नगरपालिका–१० संखुवासभा स्थायी घर भई लण्डनको साउथ हेरोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको थियो।

कोरोनाको संक्रमणबाट बच्नका लागि उच्च सर्तकताका अपनाउनका लागि गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)ले गेर्खा भुपू र तिनका परिवारलाई आब्हान गरेको छ। गेसोका सभापति कृष्णकुमार राईले विज्ञप्ती जारी गर्दै विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाबाट बच्नका घरमै सुरक्षित हुन सबैलाई आब्हान गरेका हुन्।  

कोरोनाको महामारीबाट यतिबेला नेपाली समुदाय आतंकित बनेको छ। गोर्खा भुपू सैनिकलाई सुरक्षित हुन आग्रह गरिएको गेसोका उपभापति धर्म तामाङले बताए। 

‘छोरोछोरी रोजगारीमा व्यस्त रहँदा रेखदेख गर्नेसम्म नभएकाले हामीले सहयोग गर्दै आएका छौं’, तामाङले भने, ‘भरसक बाहिर निस्कन हुँदैन भन्छौं, निस्कनु परे मास्क, ग्लब्स र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न भनेका छौँ। किनमेल गर्नुपरे हामीले पनि सहयोग गर्ने गछौं।’ 

परिवारका अन्य सदस्यहरु व्यस्त रहँदा बृद्धा गोर्खाहरुलाई रेखदेख गर्ने कोही नहुदाँ समस्यामा पर्दै आएको गोर्खा अभियन्ता नरहाङ राईले बताए।

बेलायतमा बृद्धाहरुलाई भाषाको समस्या र अर्को यस्ता बेला सुरक्षित हुने कुराको प्रशस्त्र ज्ञान छैन राईले भने, ‘हामीले सकेसम्म सचेत गराउने हो तर उनीहरु जोखिममा छन्। विशेष गरेर बेलायती सेनामा रहँदा बेलायतका लागि लडेका तर कार्यरत हुदाँ बेलायत नदेखेको ७५ बर्ष माथि उमेर समुहरुका बुद्धहरु जोखिममा छन।’ 

विशेष गरि सन् १९६० को दशकमा मलेसियामा युद्ध लडेका ७५ माथिका वृद्धहरु बेलायतमा छन्। केरोना लगायत अन्य समस्याले वृद्धहरुको अवस्था दयनीय छ।

बेलायतमा भूतपूर्व गोर्खा वृद्धवृद्धाको संख्या २० हजार हाराहारी छ। समानताका लागि गोर्खा भुपु सैनिकहरु सडक, सदन र अदालतमा समेत संघर्ष गर्दै आएका छन। 

गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारले बेलायत सरकारी पक्षलाई औपचारिक पत्र पठाइसकेको छ। गोर्खाहरुको मागबारे सकरात्मक काम भइरहेको अभियान्त राईको कथन छ। 

गोर्खा भुतपूर्व सैनिक संघ गेसोले एक सूचना जारी गर्दै कोराना भाइरसको महामारीबाट उत्पन्न विषम परिस्थितिमा सकेसम्म कुनै देशको भ्रमण नगर्न र सुरक्षित रहनका लागि अपिल गरेका छन्। 

कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म ७ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ भने झन्डै ६१ हजार जनामा संक्रमण देखिएको छ। बेलायतमा कोराना भाइरस संक्रमित निको हुने दर पनि घटिरहेको छ। हालसम्म ३ सय ४५ जना मात्रै निको भएका छन्। 

बेलायतमा २ लाख हाराहारी संख्यमा नेपालीको बसोवास  छ। हालसम्म कति नेपालीहरु कोरानाबाट प्रभावित भएका छन् भन्ने संख्या एकिन छैन। तर ७ जना नेपालीको मृत्यु भइसकेको छ। यसले नेपाली समुदाय ठूलो जोखिममा रहेको देखाएको छ।

बेलायत सरकारले भाइरस फैलन नदिन मानिसहरुको जमघट हुने कन्सर्ट, फुटबल म्याच र सम्मेलनमा प्रतिबन्ध लगाएको छ। 

ब्रिटिश सरकारले कोरोन भाइरसको संक्रमण फैलनबाट अब रोक्न नसकिने स्वीकार गरेको छ। ब्रिटिश अधिकारीहरुले दोश्रो चरणमा संक्रमण फैलने गतिलाई सुस्त बनाउने र संक्रमित हुने मानिसहरुको संख्या कम गर्न प्रयास गरिने जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.