|

जाजरकोट : कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आग्रह गरे। शुक्रबार जाजरकोट सदरमुकाममास्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्दै मन्त्री रावतले यस्तो कुरा बताएका हुन्।

कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयकाको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाहीको निरीक्षण गर्दै अहिले भएको कामको प्रशंसा गर्दै अझ यो कार्यलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरे। मन्त्री रावतले भने, 'स्वास्थ्यकर्मी,पत्रकार, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो संकटको घडीमा जोगिन र जोगाउन सम्वेदनशील बन्नुपर्ने पर्छ।' 

जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण, भ्रमण गरी थप सामग्री केही दिनमा पठाउने समेत बताए। केही स्वास्थ्य सामग्रीहरू स्वास्थ्य सेवा कार्यालयमा मन्त्री रावतले हस्तान्तरण गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.