|

काठमाडौं : एकातिर कोरोनाको प्रभाव छ। अर्कोतर्फ नयाँ वर्ष सुरु भएको छ। नयाँ वर्षको रौनकता कोरोनाको प्रभावले उत्साहजनक हुन सकेको छैन। नयाँ वर्षसँगै कोरोनाको प्रभाव अन्त्य हुने अपेक्षा भने आमजनताले लिएका छन्।

नयाँ वर्ष सुरु हुँदै गर्दा फर्केर हेर्दा वि.स २०७६ मा नेपाली चलचित्रका कुशल कलाकारहरू गुमाएको थियो। जसको अन्त्य नेपाली चलचित्रका लागि ठूलो क्षति हुन गएको चलचित्रकर्मीले स्वंय स्वीकार गर्छन्। ती तीन कलाकारबारे यहाँ चर्चा गरेका छौँ।

निधन हुने कुशल कलाकारमध्ये एक हुन् दीपक क्षेत्री। जसले नेपाली सिने क्षेत्रमा ३० वर्ष बिताए। अधिकांश समय चलचित्रको पर्दामा हिरोको प्रवेशभन्दा भिलेनका रूपमा उनको उपस्थिति उत्साहजनक हुने गर्थ्यो। नेपाल टेलिभिजनका कैयौँ सिरियलहरूमा उनले अभिनय गरेका छन्। उनले ‘दिदी’, ‘पृथ्वी’, ‘शंकर’, ‘अंशबण्डा’, ‘झोला’, ‘बुलबुल’ मसान, जीवनदान, सिमाना लगायत १५० भन्दा बढी फिल्ममा अभिनय गरे।

अधिकांश फिल्ममा आफूलाई खलनायकको भूमिकामा जीवन्त अभिनय गरे। उनको जीवन्त अभिनयकै कारण खलनायक नै उनको परिचय बन्यो।

त्यस्तै, यसवर्ष निधन हुने अर्का कलाकार तथा निर्माता हुन् केशव भट्टराई। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईसमेत रहेका भट्टराई असामहिक निधन भएको थियो। घरमै अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो।

भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गरेका छन्। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरू उनका सफल चलचित्र मानिन्छन्। भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो।

 नेपाली चलचित्रकी सफल कलाकार सुभद्रा अधिकारीको पनि यस वर्ष आफ्नै निवासमा निधन भयो। उनी निमोनिया रोगबाट ग्रसित थिइन्। उनको ७२ वर्षको उमेरमा निधन भएको हो। सुभद्राले अभिनय गरेका दर्जनौँ चलचित्र दर्शकले मन पराएका थिए।

बासुदेव, माया प्रिती, बेहुली, पिरती, कन्यादान, चिनो, कस्तुरी, सपना ‘काठमाण्डु, मसान, शासन, बाटो मुनिको फुल, किस्मत, दोस्ती, मनको बाँध, भाउजू, स्वर्ग, कर्जा’ लगायतका चलचित्रमा काम गरेकी उनका यी चलचित्र सफल छन्। चलचित्र तथा नाटकमा पनि उनलाई आमदर्शकले मन पराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.