काठमाडौं : सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता– २०७६ मा रौतहटका मनोज विश्वकर्मा सर्वोत्कृष्ट भएका छन्।
५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशिको प्रतियोगितमा विश्वकर्माको कविता ‘हजारौं हातको हस्ताक्षर’ सर्वोत्कृष्ट भएको हो। तीन सयभन्दा बढी प्रतियोगी सहभागी प्रतियोगितका अन्य १० उत्कृष्ट कविताको सूची पनि सार्वजनिक गरिएको छ।
उत्कृष्ट दशमा सुरज पराजुली, राजु झल्लुप्रसाद, प्रज्जवल अधिकारी, सिजन श्रेष्ठ, इन्दु भट्टराई, बुद्धिबल श्रेष्ठ, आत्मराम कोभोगो, असीम सागर र टीएन भट्टका कविता परेका छन्। पुरस्कार वितरणको समयमा उत्कृष्ट १० कविताको कवितासहित कुल ५१ कविताको संग्रह प्रकाशन गरिने आयोजकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।