|

मुगु : विकट हिमाली जिल्ला मुगुका व्यवसायी लाेकराज दाहालले चारवटा स्थानीय सरकारमार्फत विपन्‍न र असहाय परिवारलाई दुई लाख ६८ हजार रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएका छन्‌। 

जिल्लाका स्थानीय सामान्य व्यापारी भएपनि समाजसेवामा निरन्तर लागिपर्ने दाहालले १४८ बोरा चामल र ३७ कार्टुन (७४०) प्याकेट खानेतेल खरिद गरी स्थानीय सरकार प्रमुखहरूलाई उपलब्ध गराएका हुन्‌। सो खाद्यान्न सामग्री जिल्लाका चार गाउँपालिकाभित्रका विपन्न र असहाय परिवारमा वितरण गरिनेछ।

जिल्लाका अन्य स्थानीय तहका विपन्न परिवारलाई पनि स्थानीय सरकारले गर्ने पहिचानका आधारमा क्रमश: सहयोग गर्दै जाने दाहालले बताएका छन्‌। जिल्लावासी नै आफ्नो व्यवसायको ग्राहक भएको र ग्राहकलाई देवतासमान मानिने हुनाले जनताको दु:ख-सुख आफूले बाँडेको दाहालको भनाई छ। 

दाहालले यसअघि पनि जिल्लामा घटेका दैवीप्रकोप र मानवीय विपत्तिका समयमा ठूलो रकम खर्च गरिसकेका छन्‌। साथै यस्ता समस्याहरू निराकरण गर्न पनि नेतृत्वदायी भूमीका निर्वाह गर्दै आएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.