दक्षिणबाट मानिस छिरिरहे नेपाललाई अझै गाह्रो हुन्छ

|

विश्‍व अहिले त्रासमा छ। कोरोना भाइरसको कारणले पूरा अर्बौं मानिस अहिले घरमा थुनिएका छन्। चीनमा गत डिसेम्बर ३० बाट फैलिएको कोरोनाका कारण नेपालमा चैत ११ देखि लकडाउन जारी छ। राज्यले लकडाउन घोषणा गरेको अवस्थामा कोरोना भाइरसका संक्रमित पनि बढिरहेका छन्। यतिखेर १६ मुलुकभर विभिन्‍न अस्पतालमा कोभिड-१९ का बिरामीको उपचार भइरहेको छ। यसलाई  रोकथाम गर्ने र उपचार गर्ने स्थान अस्पताल नै हो। यसको उपचारको लागि खट्नेलाई आज 'फ्रन्टलाइनका योद्धा' को रुपमा लिइएको छ। नेपालमा अहिलेसम्म पहिलो संक्रमित निको भएर घर गएका छन्। अन्य १५ जनाको अहिले पनि अस्पतालमा उपचार जारी छ। नेपालका लागि कोरोना उपचारको इपिसेन्टर बनेको छ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। त्यही शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको नेतृत्व गरिरहेका छन् निर्देशक डा. सागर राजभण्डारीले। कोरोनाका बिरामीको उपचारमा जुटिरहेको 'टेकु अस्पताल'का निर्देशक डा. राजभण्डारीसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालका लागि कोरोना अस्पतालनै भइसकेको छ। तपाईंलाई मानिसहरुले कोरोना अस्पतालका 'डाइरेक्टर' भन्‍न थालेका छ्न। अहिलेको चुनौतीको कसरी सामना गरिरहनुभएको छ?

चुनौती र अवसरको रुपमा लिएको छु। यो अस्पतालले झण्डै ८४-८५ वर्षदेखि  एकमात्र अस्पताल सुरुमा हैजा अस्पतालको रुपमा विकास भयो। उच्च रुपमा असर गर्ने रोगहरु मलेरिया, कालाजार र डेंगुदेखि लिएर थुप्रै प्रकारका रोगहरु अन्य अस्पतालले व्यवस्थापन गर्न सक्दैन। तिनीहरुलाई पनि लामो समयदेखि व्यवस्थापन गरेको छ। पछिल्लो समयमा कोभिड-१९ को महामारीको अवस्था सिर्जना भएको छ। त्यसलाई हामी अस्पतालका सम्पूर्ण टिम मिलेर व्यवस्थापन गर्नुपर्छ भनेर लामो समयदेखि तयार थियौं। यहाँ 'डेडिकेटेड' डक्टरहरु छन्। अन्य सेवाहरु जस्तै यो अस्पतालले एचआइभीका ८० प्रतिशत बिरामीहरुलाई उपचार गरिरहेको छ। साथै, क्षयरोगका बिरामीलाई पनि उपचार गरिरहेको छ। अहिलेको कोरोना भाइरसको उच्च जोखिमको अवस्थामा त्यस्ता बिरामीलाई अन्य अस्पतालमा सेवा लिन आग्रह गरिएको छ। अहिले कोभिड-१९ भएका र शंकस्पद बिरामीलाई मात्र उपचार गरिरहेका छौँ। अस्पतालको उपचार गर्ने क्षमता बढाउने काम पनि भइरहेको छ।

जनवरी २३ मा पहिलो पटक नेपालमा देखिएको कोरोना आजसम्म १६ जनामा पुगिसकेको छ। स्थानीय संक्रमण पनि देखिएको अवस्थालाई तपाईंले कति जोखिमपूर्ण मान्‍नु हुन्छ?

यस्तो अवस्थामा उनीहरु त्रासमा हुन्छन्। उनीहरुलाई मानसिकरुपमा पनि मजबुत बनाउन सक्नुपर्छ। स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्नेलाई मनोपरामर्शको पनि नियमित जरुरी पर्छ।

जोखिम त हामीलाई पहिलेदेखि भन्ने गरेका थियौँ। महिनौँदेखि यसलाई व्यवस्थापन गर्नका लागिपरेका थियौँ। कुनै पनि व्यक्तिलाई पहिचान गरेर उपचार गर्ने जिम्मेवारी एकातिर छँदै थियो। अर्कातिर उच्च जोखिम भएका राष्ट्रहरुबाट आउने विदेशी तथा नेपालीलाई नियन्त्रण गर्न एउटा प्राविधिक पक्ष खडा गर्नु महत्वपूर्ण थियो। यो अवस्थामा लकडाउन गर्ने वा उनीहरु आइनैसकेपछि क्वारेन्टाइनमा सही व्यवस्थापन गर्नुपर्ने महत्वपूर्ण पक्ष हुन्। कोरोनाका शंकास्पद केसहरुको स्याम्पल संकलन गरेर अनुसन्धान गर्नुपर्छ भनेका थियौँ। ढिलो भएपनि सरकारले गरिरहेको छ। तपाईंले भने जस्तै अहिले मुख्य कुरा कोरोना संक्रमितहरुको हो। हो, नेपालमा कोरोनाका १६ वटा केस देखिएका छन्। तर जति धेरै परीक्षण गर्न सक्यो, त्यति मात्रामा लुकेका केसहरु देखिनुपर्ने हो। परीक्षणको दायरा बिस्तारै बढेको अवस्थामा संख्या बढ्दै गएका छ। यो हप्तामा मात्र ६-७ वटा केस बढेका छन्। अब परीक्षणको कुरा छ, कोरोना परीक्षणको फुल स्टयाण्डर्ड भनेको नै पिसिआर प्रविधि हो। जनस्वास्थ्य प्रयोशालामा मात्रै नभएर काठमाडौंका ठूला ठूला अस्पतालहरुमा पनि यो हुनु जरुरी छ। टेकुको अस्पतालमा पनि पीसीआर परीक्षण सञ्चालन गर्दैछौँ। काठमाडौं बाहिरका ठूला अस्पतालहरुमा र एकेडेमी खालका अस्पतालहरुमा पनि यो सेवा सञ्चालन भएको छ। यसका साथै परीक्षणको दायरा पनि बढिरहेको छ। आशा गरौँ, अझै द्रूतगतिमा अगाडि लगेर व्यवस्थापन गर्ने हो भने सम्भावित विष्फोटनलाई रोक्न सकिन्छ। सरसर्ती हेर्दा सबैभन्दा महत्वपूर्ण र हामीलाई चुनौतीपूर्ण पाटो भनेको दक्षिणको मित्र राष्ट्र भारतको उत्तरप्रदेश, बिहार र उत्तराखण्डमा हरेक दिन कोरोनाका बिरामी बढ्दै गइरहेका छन्। सरकारले भने अनुसार मुख्य नाकाहरुमा लकडाउन भए पनि अझै कतिपय साना नाकाहरु र चोरबाटोबाट भागेर, लुकेर छिर्ने प्रवृत्तिले गर्दा पनि यहाँ केस बढिरहेका छन्। त्यसलाई व्यवस्थापन गर्न नेपालले अझै अलिक कठिन बाटो अपनाउनुपर्छ।

स्वास्थ्य मन्त्रालयले कोरोना दोस्रो चरणमा पुगेको बताएको छ। भारतमा महामारीको रुप लिइरहँदा नेपालको अवस्था के होला?

हामीसँग त्यत्रो खुला नाकामा भएकाले यहाँ पनि अझै ठूलो जोखिम नहोला भन्न सकिँदैन। त्यसका लागि हामी पूर्वतयारीका साथ अहिलेदेखि नै रणनीति बनाएर लाग्नुपर्ने हुन्छ। सीमानाका शतप्रतिशत सिल गर्ने र छिरिसकेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनिवार्य क्वारेन्टाइनमा राख्ने। साना नाका, नदी र चोरबाटोबाट मानिसहरुलाई छिर्नै नदिने। नेपाल पसेकालाई निश्‍चित समय क्वारेन्टाइनमा राख्ने, व्यवस्थापन गर्ने कामहरुमा हामीले ढिला गर्नुहुँदैन, सबै तहका सरकार यस काममा तम्तयार रहनुपर्छ।

तपाईंहरु कोरोनाविरुद्ध २४ घण्टा खटिरहनुभएको छ। सरकारी संयन्त्रको प्रभावकारी पहलले नै नेपालमा नफैलिएको हो त कोरोना?

महामारीको बेला के सरकारी, के चिकित्सक, के नर्सिङ, के पत्रकार सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्छ। यस्तो अवसर सधैँ आउँदैन, दु:खको अवस्थामा हामी सबै मिलेर जति सकिन्छ, आफ्नो क्षमताले, बलबुताले भ्याएसम्म सरकारलाई साथ दिएर योगदान गर्नुपर्छ। सरकारलाई सघाउने भनेको हामी आफैंलाई योगदान गर्ने हो। भोलि यसबाट दुरगामी असर नपरोस भनेर अहिले नै जे जे सकिन्छ, त्यो गर्नुपर्छ।

अब निजी अस्पतालका साथीहरु पनि तयारी अवस्थामा हुनुहुन्छ। उहाँहरुले आफ्नो अस्पतालमा आएका केसहरुको स्याम्पल परीक्षण, काउन्सिलिङ गर्ने र आइसोलेसनमा राख्‍ने तथा रिपोर्ट आएपछि हाम्रो अस्पतालमा पठाउने गर्नुभएको छ।

लाखौँ मानिस विदेशबाट आएका छन् तर क्वारेन्टाइनमा केही हजार मात्रै। परीक्षण पनि केही सयमा मात्रै भएको अवस्था छ। यति मात्रै प्रयासले जोखिम टार्न सकिएला त?

एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो। क्वारेन्टाइन भन्नाले सानो बनाएर त्यतिमा मात्रै राखेर हुँदैन। क्वारेन्टाइनमा बस्दा उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ। स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्छ। खानेकुराको राम्रो व्यवस्था हुनुपर्ने अनिवार्य शर्त हो। सुरक्षाको प्रत्याभूति हुनुपर्‍यो। प्रविधिको विकास भएको छ, त्यहाँ प्रयोग गर्नका लागि वाईफाई उपलब्ध हुनुपर्‍यो। यस्तो अवस्थामा उनीहरु त्रासमा हुन्छन्। उनीहरुलाई मानसिकरुपमा पनि मजबुत बनाउन सक्नुपर्छ। स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्नेलाई मनोपरामर्शको पनि नियमित जरुरी पर्छ। ती सबै कुराहरुलई एकैपटक व्यवस्थापन गर्न सक्यो भने एउटा प्रभावकारी बाटोमा जान सक्छ। हामीले अहिलेको चुनौती छिचोल्न गाह्रो पर्दैन।

र्‍यापिड किड टेस्टबाट पोजेटिभ देखिएकाहरुको रिपोर्ट पीसीआरबाट धमाधम नेगेटिभ आइरहेको छ? हुने यस्तै हो? कि परीक्षणमा गडबडी या किट नै भरपर्दो नभएको हो?

र्‍यापिड किड टेस्ट भनेको स्कयानिङ 'प्रपोज'मा जाने काम हो। कुनै अवस्थामा इन्फेक्सन भएको मानिसमा रोगसँग लड्ने क्षमता विकास भइसकेको छ भने त्यसको एन्टीबायोटिक केही महिनासम्म रहन्छ। अथवा कुनै समयमा इन्फेक्सन भएको थियो भने केही हप्तासम्म परीक्षण गर्दा पोजिटिभ भयो भने त्यसलाई पोजेटिभ  भएको मान्नुपर्छ। तर त्यसलाई भ्यालिडेसन गर्न पीसीआरबाट गर्छौ। त्यसबाट पनि नेगिटिभ आयो भने त्यो मान्छेलाई इन्फेक्सन भइरहेको भन्ने बुझिन्छ। अलिक क्युरो भयो भन्ने हुन्छ। त्यो सर्दैन। आरबीटीमा पोजेटिभ आयो र पीसीआरमा पनि पोजेटिभ आयो भने अझै पनि इन्फेक्टिभ अवस्थामा छ भनेर बुझ्नुपर्छ। बढी भन्दा बढी परीक्षणले ठीक राखिरहनुपर्छ भन्ने हो।

पीसीआर परीक्षण अन्य देशको तुलनामा नेपालमा थोरै मात्रै भएको छ। यसलाई बढाउनुपर्ने आवश्यता देख्‍नु हुन्न?

नेपालमा थोरै भएको छैन। सबैभन्दा पहिले मेसिन भएर मात्रै हैदैन, त्यसका लागि तालिम प्राप्त व्यक्तिहरु हुनुपर्‍यो। सामान मात्रै भएर हुँदैन। अन्य पूर्वाधार पनि पहिलो शर्त हो। आवश्यक मात्रामा पीसीआर मेसिन भएको ठाउँमा बायोसेक्युरिटी भएको ठाउँ पनि हुनुपर्‍यो। बायो ल्याब भएको ठाउँमा बायोसेफ्टी क्याबिनेट राख्नुपर्छ। भाइरसको उच्च जोखिम भएको ठाउँमा राख्‍नुहुँदैन, त्यसले अझ 'रिस्क' बढाउँछ। सानो समस्याले काम गर्ने स्वास्थ्यकर्मी र समुदायमा पीन रिस्क हुने भयो। कमसेकम त्यस्तो बायो सेफ्टी क्याबिन भएको ठाउँमा र पूर्वाधार मिलेको ठाउँमा मात्रै ल्याब सञ्चालन गर्नुपर्छ। नेपालका २४-२५ ठाउँमा ठूला ठूला मेसिनहरु छन्। ती मेसिनहरुका लागि प्राइमर र इरिजेन उपलब्ध गराइदिनुपर्‍यो। त्यसपछि त्यसको कसरी रिपोर्टिङ गर्ने? प्राविधिक साथीहरुलाई त्यो सम्बन्धी तालिम दिन सकियो भने यी सबै काम गर्न सकिन्छ। पहिले धेरै अभाव थियो तर अहिले सरकारले मगाइरहेको छ। यसको दायरा पनि बढ्दैछ। पहिले दिनको २०-३० वटा थपिन्थ्यो भने अहिले दिनमा ३ सय ४ सय केस परीक्षणका लागि आइरहेका छन्। अझै पनि मुलुकमा प्रयोग नभएका पीसीआर प्रविधिका मेसिन उपलब्ध छन्। तिनलाई प्रयोगमा ल्याएर एकै दिनमा हजारौँ परीक्षण गर्ने तयारीमा छौँ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाउन लाग्नुहोस किनभने यिनीहरु नै फ्रन्टलाइनका तपाईंहरुका 'सुरक्षाकर्मी' हुन्। यिनीहरु लड्न सकेनन् भने उठ्न गाह्रो हुन्छ। उहाँहरुलाई सपोर्ट गर्नुपर्छ भन्‍ने मेरो चाहना छ। सरकारले अहिले भत्ता बढाउने र बिमा गरिदिने कुरा गरेको छ त्यो पनि एकदमै स्वागतयोग्य कुरा हो। सरकारले मात्रै नभएर समाजले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाउनु पर्ने हुन्छ। समाज र परिवारले अब एकसाथ हौसला बढाउनुपर्ने समय आएको छ।

कोरोनाका बिरामीको उपचारका लागि सरकारी अस्पताल मात्रै तयार पारिएको छ। निजी अस्पतालले अन्य रोगका बिरामीकोसमेत उपचार गर्न मानेका छैनन्। यस्तो संकटमा निजी अस्पताल पनि तयार हुनुपर्ने होइन र?

निजी अस्पतालमा केही हप्ता अगाडि समस्या देखिएको थियो,  रुघाका बिरामी फर्काएको पनि समाचार आएका थिए। तर अब निजी अस्पतालका साथीहरु पनि तयारी अवस्थामा हुनुहुन्छ। उहाँहरुले आफ्नो अस्पतालमा आएका केसहरुको स्याम्पल परीक्षण, काउन्सिलिङ गर्ने र आइसोलेसनमा राख्‍ने तथा रिपोर्ट आएपछि हाम्रो अस्पतालमा पठाउने गर्नुभएको छ। कतिपय अवस्थामा कुरा बुझाउनुपर्ने हुन्छ र बुझाउन सक्नुपर्ने पनि हुन्छ। निजी अस्पताल व्यापारिक उदेश्यले सञ्चालन गरिएको हुन्छ। कुनै फाइदाको लागि त कुनै समाजसेवाका लागि पनि हुन्छन्। त्यस्तो बेलामा उहाँहरुका कर्मचारीलाई अतिरिक्त तलबसहितका सुविधाले व्यवस्थापन गर्नुपर्ने हुन्छ। अहिलेको संकटमा सरकारी अस्पतालका कर्मचारीलाई जसरी सेवा सुविधा दिने निर्णय भएको छ त्यसैगरी निजीका कर्मचारीलाई पनि दिने निर्णय भइसकेको छ। त्यस्तो भयो भने निजी अस्पतालले सेवा दिन तयार हुनुहुन्छ होला।

यो संकटको बेला कोरोनाविरुद्धको युद्धमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी,  एम्बुलेन्स चालक,  चिकित्सक,  नर्ससहितका स्वास्थ्यकर्मीको मनोबल कस्तो पाउनुभएको छ?

मनोबल एकदमै उच्च राख्‍नुपर्छ र छ पनि। स्वास्थ्यकर्मीलाई जुन उच्च दृष्टिकोणले हेर्ने गरिएको छ, त्यो भनेको उनीहरुको काम र लगावले गर्दा सम्भव भएको हो। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले जुन फ्रन्टलाइनमा बसेर लड्नु भएको छ, उहाँहरुलाई हौसला बढाउनुपर्ने काम गर्नुपर्ने हुन्छ। अहिले कोरोना डेडिकेटेड अस्पतालमा काम गरेका स्वास्थ्यकर्मीलाई कतिपय अवस्थामा समुदायका सदस्यले भेदभाव र अपमानित गरेको पाइएको छ। कोठाबाट निक्लिनु वा यो ठाउँमा नआउनु भन्ने अझै पनि चलन छ। ती सम्पूर्ण महानुभावहरुलाई मेरो अनुरोध यस्तो अवस्थामा माया दिनुपर्छ। उहाँहरुको हौसला बढाउनु पर्‍यो वा हौसला प्रदान गरेर ऊर्जा थपिदिनुपर्छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाउन लाग्नुहोस किनभने यिनीहरु नै फ्रन्टलाइनका तपाईंहरुका 'सुरक्षाकर्मी' हुन्। यिनीहरु लड्न सकेनन‍ भने उठ्न गाह्रो हुन्छ। उहाँहरुलाई सपोर्ट गर्नुपर्छ भन्‍ने मेरो चाहना छ। सरकारले अहिले भत्ता बढाउने र बिमा गरिदिने कुरा गरेको छ त्यो पनि एकदमै स्वागतयोग्य कुरा हो। सरकारले मात्रै नभएर समाजले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाउनु पर्ने हुन्छ। समाज र परिवारले अब एकसाथ हौसला बढाउनुपर्ने समय आएको छ।

अहिलेको सरकारी तयारीले महामारीको अवस्था आयो भने हामीले त्यो चुनौतीलाई थेग्न सक्छौँ?

चुनौती थेग्‍न हामी तयार हुनुपर्छ। टेकु अस्पताल तयार छ भने मुलुकका अन्य स्वास्थ्य संघ संस्थाहरु पनि तयार हुनुपर्छ। साथै स्वास्थ्यकर्मी पनि तयार हुनुपर्छ। त्यस्तो खालको वातावरण तयार हुनुपर्छ र तयार पनि गराइरहेका छौँ। यस्तो अवस्थामा स्वास्थ्यकर्मी मात्रै लड्न सक्दैनन्। उनीहरुलाई सहयोग गर्नका लागि राज्यका विभिन्न अंगहरु एकसाथ लाग्नुपर्छ। सञ्चारकर्मी साथीहरु पनि लाग्नुपर्ने हुन्छ।

देशभरका कम्तीमा १५ ठाउँमा प्रयोगशाला पुगेका छन्। तर फाइनल परीक्षण जनस्वास्थ्य प्रयोगशालमै गर्नुपर्ने बाध्यता परिरहेको छ। किन यस्तो भएको होला?

यस्तो अवस्थामा स्वास्थ्यकर्मी मात्रै लड्न सक्दैनन्। उनीहरुलाई सहयोग गर्नका लागि राज्यका विभिन्न अंगहरु एकसाथ लाग्नुपर्छ। सञ्चारकर्मी साथीहरु पनि लाग्नुपर्ने हुन्छ।

आरडीपी परीक्षण गरेको छ नि त्यो भनेको शंकास्पद मानिसलाई परीक्षण हो। त्यसका लागि ठूलो ल्याब पनि चाहिँदैन, सानो भए पुग्छ। जसको परीक्षण गर्दा पोजेटिभ देखिएको छ, उनीहरुलाई पुन: परीक्षण गर्न सकिन्छ। सबैलाई यहाँ ल्याइरहनु पर्दैन, कतिपय मेसिनहरु साना वा भर्खरै आइपुगेका हुन्छन्। तिनले सुरुवमा विश्वासनीय नतिजा नदिन सक्छन्। काम गर्नेलाई पनि खासै अनुभव नभएकोले पूर्ण विश्‍वासका लागि यहाँ पठाइएको हो। पछिल्लो समय कुनै कुनै परीक्षणको लागि यहाँ आएका छैनन्। किनभने उहाँहरु प्रयोगमा निपुण भइसक्नु भएको हुनुहुन्छ। आरटी, पीसीआर विधिलाई अझै फराकिलो बनाउन सकिन्छ। स्वास्थ्य मन्त्रालयले दायरा फराकिलो बनाउने काममा जुटिरहेको छ। परीक्षणको दायरा बढाउन टिभीका लागि जडान गरिने मेसिन ३-४ हप्ता लाग्न सक्छ आइपुग्न। ती मेसिनहरुमा मिल्ने कार्टिज हुन्छ। विशेषगरी कोभिड-१९ को लागि बनाइएको हुन्छ  ती मेसिनहरु पनि चलाउने कुरा भएको छ। कतिपय प्राथमिक स्वास्थ्य केन्द्रमा पनि परीक्षण गर्न खोजिँदैछ। त्यसबाट पनि दायरा बढाउन सकिन्छ। सरकारले पहल गरिरहेको छ।

अन्त्यमा, कोरोनाविरुद्धको लडाइँको अग्रमोर्चा सम्हालिरहनु भएको छ। चिकित्सक,  नर्ससहितका स्वास्थयकर्मी र सर्वसाधरणलाई के भन्न चहानुहुन्छ?

यस्तो बेलामा हाम्रा स्वास्थ्यकर्मीहरु भनेको फ्रन्टलाइनमा काम गरिरहेका छन्। उहाँहरु एक सहयोद्धा भएकाले माया चाहिएको छ। माया र हौसला दिइरहेका पनि छौँ र समाजले पनि माया देओस। विभेद कसैले पनि नगरोस, स्वास्थ्यकर्मी सधैँ सहयोग गर्न तयार छन्। उच्च जोखिम भएको मुलुकबाट आउनु भएका मानिसहरुले सामाजिक दूरी कायम गरिदिनुहोला। भीडभाड नगर्ने र सामाजिक दुरी व्यवस्थापन गर्ने, यसलाई मूल मन्त्र नै बनाऊँ सबैले। कसैलाई पनि त्यस्तो समस्या भएमा तत्कालै अस्पताल जान हुन अनुरोध छ। ८० प्रतिशतमा रुघा खोकी लाग्‍ने हो। २० प्रतिशतमा मात्र हो निमोनिया हुने। त्यस्तो भएमा चिकित्ससँग परामर्श लिनुपर्छ र समाजले नै सेवा उपलब्ध गराउने प्रयास गर्नुपर्छ। विभेद नगरौँ, सबैलाई सम्मान गरौँ। रोग भनेको मान्छे हेरेर आउने होइन। सबैलाई लाग्न सक्छ। कोठामा बस्न नदिने र निकाल्ने नगर्नुहोला। समाजकै कारणले पनि अस्पतालमा परीक्षण गर्न आइरहेका छन्। कोही शंकास्पद बिरामी भेटिए हेला गर्ने होइन, बरु उपचारका लागि अस्पताल पठाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.