|

अर्घाखाँची : घर जान नपाएर काठमाडौंमा अलपत्र परेका अर्घाखाँची, गुल्मी र प्युठानका ४ सय १ जना नागरिकलाई अर्घाखाँची ल्याइएको छ। जसमा अर्घाखाँचीका ३७५ जना, गुल्मीका २३ जना र प्युठानका तीन जना रहेका छन्।

काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका युवाहरु र पूर्व-उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीको पहलमा ११ वटा बस, एउटा हायस र दुईवटा बलेरो गाडीमा काठमाडौंमा अलपत्र परेका नागरिकलाई जिल्ला पुराइएको हो। केन्द्रीय सरकारले जो जहाँ छ,त्यहिको सरकारले खान बस्नको व्यवस्थापन गर्ने, तर जिल्ला जिल्ला नागरिकलाई नपठाउने भनिरहेका मेला जनप्रतिनिधिले भने आ-आफ्ना नागरिकलाई गाडी चढाएरै जिल्ला-जिल्लामा पडाउने गरिरहेका छन्।

यसले असुरक्षित भएर गाउँटोलमा पनि कोरोना सक्रमितको उच्च जोखिम हुने धेरैको चिन्ता छ। लकडाउनका कारण काठमाडौंमा कष्टकर जीवन बिताउँदै आएका अर्घाखाँचीका नागरिकलाई उद्धार गरि अर्घाखाँची पुराइएको हो। गोरुसिङ्गे ठाडा हुँदै (१) बा २ ख ७१७७ (२) बा ३ ख ३१४३ (३) बा ५ ख ६२४० (४) बा ५ ख ६२३७ (५) बा ५ ख ५०८४ (६) बा ४ ख ७४६१ (७) बा ५ ख ५०८० नम्बरका बस र (८) प्रदेश ३-०१०२३ च ४७३१ नम्बरको डबल क्याप (९) ग १ ज ४१०३ र (१०) बा १३ च ३१३७ नम्बर भएका बलेरो गाडी गोरुसिङ्गे, ठाडा, सितापुर, सुपादेउराली हुँदै सन्धिखर्क पुगेका थिए।

१० वटा गाडीमा आएका ३ सय ६ जनाको शितगंगा १२ डोहोटे हेल्थडेक्समा चेकजाँच गरि जिल्ला भित्राइएको थियो। गाडीमा यात्रुहरु आउने जानकारी भएपछि नगर प्रमुख सुर्य प्रसाद अधिकारी सहित प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका स्वास्थ्यकर्मी र ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली डोहोटे हेल्थडेक्समा खटिएका थिए।

जिल्ला प्रशासनको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय ठाडामा सातवटा बसमा आएका यात्रुहरुलाई झारेर अलग-अलग बसमा बसालेर सदरमुकाम सन्धिखर्क पठाएको थियो। ठाडामा बसमा आएका यात्रुहरु झरेपछि केहि समय सडक तथा होटलहरुमा भीडभाड भएको थियो। त्यसैगरि पाल्पा डाँडाकटेरी हुँदै (११) बा ३ ख ६६७३ (१२) बा ३ ख ५००७ (१४) बा ३ ख ३१६२ नम्बरका बसमा आएका ५६ जना यात्रुहरुले डाँडाकटेरी हेल्थडेक्समा चेकजाँच गरेर जिल्ला सदरमुकाम प्रवेश गराइएको थियो।

यस्तै गुल्मीको रिडी हुँदै आएको बा ४ ख ५९५१ नम्बरको बसमा आएका ३९ जना यात्रुहरुले खरज्याङ्ग हेल्थडेक्समा स्वास्थ्य जाँच गरेपछि जिल्लामा ल्याइएको छ। काठमाडौंबाट अर्घाखाँची आएका १४ वटा गाडीमा शितगंगा नगरपालिकाका २४ जना, सन्धिखर्क नगरपालिकाका ७२ जना, भुमिकास्थान नगरपालिकाका २६ जना, मालारानी गाउँपालिकाका ७३ जना, छत्रदेव गाउँपालिकाका ११५ जना, पाणिनी गाउँपालिकाका ६५ जना, गुल्मीका २३ जना र प्युठानका ३ जना मंगलबार साँझ काठमाडौंबाट बस चढेर बुधबार दिउसो अर्घाखाँची आएका हुन्।

काठमाडौंबाट यात्रु बोकेर सदरमुकाम सन्धिखर्क ल्याइएका यात्रुहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सम्बन्धित स्थानीय तहमा १४ दिन क्वारेन्टाइनमा बस्ने गरि जिम्मा लगाएको छ। तर जिल्लाका ६ वटा स्थानीयतहहरु मध्ये कुनै स्थानीयतहले क्वारेन्टाइनमा राखिसकेको छ भने कुनै स्थानीयतहले होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइदिएको छ।

यसरी बाहिरबाट आएका नागरिकलाई स्थानीयतहले खानबस्नको व्यवस्थापन गरि क्वारेन्टाइनमा राख्न अनुरोध गरेपनि घरमा पठाउँदा कोरोनाको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ। जिल्ला प्रशासनले सचेत र होसियार हुन सबैलाई आग्रह गरेको छ। झन्डै एक महिना लामो लकडाउनका कारण काठमाडौंमा खानबस्न समस्या हुन थालेपछि हारगुहार गरि अनुरोध गरेका नागरिकलाई गाडीको व्यवस्था गरि जिल्ला पठाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.