पार्टीमै बसेर आन्तरिक संघर्ष चर्काउँछौं

|

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा करिब ६ महिनादेखि चलिरहेको विवादका एकजना पात्र हुन् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव। उनीसहित करिब ११ सांसदले समाजवादीको नेतृत्वको कार्यशैलीलाई लिएर लामो समयदेखि प्रश्न उठाइरहेका थिए। पार्टी नेतृत्वको कार्यशैलीमा गम्भीर असहमति जाहेर गरिरहेका उनीमाथि स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा भाग लिएको आरोपमा समाजवादीले कारवाहीसमेत ग¥यो। त्यसपछि पनि उनीसहिका सांसदहरुले आफूहरुको अपमान भएको भन्दै निरन्तर आवाज उठाइरहे। सरकारले गत सोमबार राजनीतिक दल विभाजनका लागि खुकुलो प्रावधानसहितको अध्यादेश ल्याएपछि यादवसहितले समाजवादी छाडेर नयाँ पार्टी खोल्ने चर्चा चलेको थियो। तर, उनै प्रदीप यादवले नयाँ पार्टी नखोल्ने बरु पार्टीमै बसेर विद्रोह गरिरहने बताए। उनीसहित सातजनाले समाजवादी छाड्न खोजेको कुरा यादव स्वीकार्दैनन्। उनले हरेक पार्टीमा समस्या रहेकाले भागेर भन्दा त्यहीँ भित्र बसेर संघर्ष चर्काउनुपर्ने आवश्यता देखेका छन्। समाजवादीभित्रको समस्या, राजपा र समाजवादी एकतासहितका विषयमा उनीसँग थाहाखबरका लागि ज्ञानेन्द्र खड्काले गरेको कुराकानीको सम्पादित अंश:

समाजवादी फुट्दा फुट्दै जोगियो, खास त्यस्तो के समस्या थियो तपाईंहरुबीच ? 

हाम्रो पार्टीभित्र चरम असन्तुष्टि थियो। अधिकांश सांसदहरु असन्तुष्ट थिए। नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिको हामीले सुरुदेखि नै विरोध गरेका थियौँ। हामीले पटक पटक आफ्ना कुरा राख्दा पनि नेतृत्वले हाम्रो कुरै सुनेन। पटक पटक सांसदहरुलाई पार्टीले अपमान गरेको थियो। सांसदहरुले जिल्ला कार्यक्रम गर्दा माइकसमेत खोसेर दुःख दिने काम भएको थियो। कतिपय सांसदहरुलाई बिनागल्ती कारवाही गरियो। म आफैँ पनि बिनागल्ती कारवाही भोगेको सांसद हुँ। प्रहरीलाई डिएसपीबाट इन्सपेक्टरमा घटुवा गरेजस्तै ईन्चार्जलाई सहईन्चार्ज झारेर अन्याय गरियो। 

पार्टीले एक अर्कालाई लडाउने काम पनि निरन्तर गरेकै हो। तर हामीले त्यसको निरन्तर प्रतिरोध गरिह्यौँ। पार्टी नेतृत्वले हदैसम्म पेलेपछि हामीले सांसदहरुको टिम बनाएका हौँ। कसैलाई नेतृत्वले चलाउन आउँछ प्रतिरोध गर्ने रणनीतिसहित हामी ११ जनासम्म सांसदहरुले टिम बनाएर काम गर्‍यौँ। सांसदहरुको राय सल्लाह पार्टी नेतृत्वले सुन्दै सुनेको थिएन। त्यसैले पार्टी नेतृत्वकर्ताविरुद्ध आवाज उठाउनु परेको हो। 

खास के गरेको थियो नेतृत्वले?

नेतृत्वले हामीलाई दिनुसम्म दुःख दिएको थियो। कहिले प्रदीप यादवलाई तह लगाउन नियतवश कारवाहीको डण्डा चलाउने, कहिले प्रदीप यादव र रेणु यादवबीच झगडा गराउने । कहिले प्रदीपलाई उचालेर श्याम अरगरियालाई चलाउने गरेर हैरान बनाएको थियो। हामीमाथि नेतृत्वले तानाशाही शासन लादने काम भएकै हो । जनतो माया गरेका सांसदहरुको नेतृत्वले लिनुसम्म हुर्मत लिएको थियो। पार्टीमा सबैको मन दुखेको थियो। निर्वाचित संघीय सांसद हँदाहुँदै जिम्मेवार पद कनिष्ठलाई दिएर अपमान गरिएको थियो। हामी सांसदहरु भुइँमा बसेर मञ्चका नेताको जुत्ता हेर्दै बस्नुपर्ने अवस्था बनाइएको थियो। कनिष्ठलाई अघि सारेर हामीलाई हेपेपछि बाध्य भएर सामूहिक प्रतिवाद गरेका हौँ। 

तपाईंहरुले पार्टी फोड्न खोजेको त हो नि? 

होइन, म त्यो पक्षमा छँदैथिइन। पार्टीमा समस्या भएमा त्यहीँ बसेर विद्रोह गर्नुपर्छ लड्नुपर्छ भन्‍ने मान्छे हुँ म। मैले सुरुदेखि नै पार्टीबाट भागेर समस्याको समाधान नहुने बताइसकेको छु। केही सांसद साथीहरुले पार्टी फोडिदिऊँ भन्‍ने पनि कुरा गर्नुभएको थियो। तीन महिनाअघि नै पार्टीमै बसिरहने कि बाहिरिनेबारे हामीबीच छलफल भएकै हो। तर मैले माथि नै भनिसकेँ म पार्टी छाडेर जाने पक्षमा थिइनँ र अहिले पनि छैन। हाम्रो सामूहिक जोडबलका कारण नेतृत्वले सुध्रिने बचन दिएको छ। आशा छ अब पार्टीले गल्ती दोहोर्‍याउने छैन।

तपाईंहरुको असन्तुष्टि मेटियो त अब ?

नेतृत्वले हामीलाई दिनुसम्म दुःख दिएको थियो। कहिले प्रदीप यादवलाई तह लगाउन नियतवश कारवाहीको डण्डा चलाउने, कहिले प्रदीप यादव र रेणु यादवबीच झगडा गराउने । कहिले प्रदीपलाई उचालेर श्याम अरगरियालाई चलाउने गरेर हैरान बनाएको थियो। हामीमाथि नेतृत्वले तानाशाही शासन लादने काम भएकै हो ।

हाम्रा असन्तुष्टि त अझै छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याइदिएको अध्यादेशका कारण दुई ठूला पार्टी मिल्न पुगे। त्यसले हामीलाई खुसी बनाएको छ। हाम्रा असन्तुष्टिबारेमा पार्टी एकता लगत्तै उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठसँग कुरा राखिसकेका छौँ। उहाँहरुले सम्बोधन गर्ने बचन दिनुभएको छ। अब असन्तुष्टिको सम्बोधन गर्नका लागि राजेन्द्र महतो, महन्थ ठाकुर र शरतसिंह भण्डारीहरुलाई पनि भेट्दैछौँ। 

भनेपछि अब पार्टी फुट्दैन?

मैले भनिसकेँ हाम्रो असन्तुष्टिलाई पार्टी एकताले केही हदसम्म सम्बोधन गरेको छ। यो हामी सबैको खुसीको कुरा हो। एकता भएपछि त अब झन् फुटको कुरा गर्नै भएन। केही कुराको मतमतान्तर हुन्छ, त्यसलाई बसेर समाधान गर्न सकिन्छ। हामी १०-११ सांसदहरुले उठाएका कुरा अब नयाँ पार्टीले सुन्ने विश्वास छ। हामी आंशिकरुमा सन्तुष्ट भएका छौँ। जनताको आवाज एकताले सम्बोधन गरेको छ। संघीयतालाई बचाउन, गणतन्त्रलाई बचाउन, मधेस आन्दोलनसहितका उपलब्धीलाई बचाउन यो एकता जररी थियो। यो पार्टी एकताले लोकतन्त्र अझै मजबुत हुन्छ, संघीयता जग अब अझ दह्रिलो बन्छ।

प्रसंग फेरौँ, तपाईंकै पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको समाचार आइरहेको छ। तपाईं यस प्रकरणमा के भन्‍नु हुन्छ?

एउटा जननिर्वाचित सांसदलाई कसैले जवरजस्ती उठाएर ल्याउन सक्दैन। त्यसमा पनि हतियारसहितका सुरक्षाकर्मी लिएर हिँड्नेलाई कसैले अपहरण गर्‍यो भनेर कसरी पत्याउनु? यो बिल्कुल हावादारी कुरा मात्रै हो। बिहान घरबाट सुरक्षासहित घुम्न निस्केको मान्छे अपहरणमा परेको हल्ला चलाइन्छ। मन्त्रीको लोभले जनकपुरबाट गाडी चढेर काठमाडौं पुग्ने अनि नपाएपछि अपहरणमा परेको नाटक गर्न मिल्छ? सुरेन्द्रजीको कसैलै अपहरण गरेको होइन, राजनीति गर्ने मानिसले यस्ता हाँस्यास्पद कुरा गर्नु हुँदैन। जनकपुरबाट आफ्नै गाडीमा काठमाडौं जाने अनि रातभर फाइभस्टार होटलमा सुतेपछि अपहरण भन्‍ने? मन्त्री नपाउने भएपछि सुरेन्द्रजीले पार्टी कारवाहीबाट जोगिन गरेको त्यो नाटकीय कुरा हो। यसरी कसैले पनि नाटक गर्नु हुँदैन।

रेणु यादव पनि मन्त्री बन्ने कुरा थियो नि? 

मैले भनिसकेँ हाम्रो असन्तुष्टिलाई पार्टी एकताले केही हदसम्म सम्बोधन गरेको छ। यो हामी सबैको खुसीको कुरा हो। एकता भएपछि त अब झन् फुटको कुरा गर्नै भएन। केही कुराको मतमतान्तर हुन्छ, त्यसलाई बसेर समाधान गर्न सकिन्छ। हामी १०-११ सांसदहरुले उठाएका कुरा अब नयाँ पार्टीले सुन्ने विश्वास छ।

सुरेन्द्रजी जस्तो मन्त्री पदकै लागि कुद्ने नेतृ होइनन् रेणु यादव। उहाँ मधेसको राजनीतिमा स्थापित राजनीतिक योद्धा हुनुहुन्छ। मन्त्रीको लोभमा उहाँ पर्नुहुन्न। मधेसका प्रष्टवक्ता रेणुजी मधेसबाट राजनीतिमा उभिएकी उचो कदकी महिला हुन्। उहाँले मन्त्रीकै लागि पार्टी फोड्ने कुरा म पत्याउन सक्दिनँ। 

सुरेन्द्र यादव त प्रलोभनमा पर्नुभएछ ? 

हो, उहाँ मन्त्री पदको प्रलोभनमा परेकै हो। मन्त्री बनाउने कुरा आएपछि उहाँ आफैँ दौडिएर काठमाडौं आउनुभयो। फाइभ स्टार होटलमा रात बिताउनुभयो अनि मन्त्री नपाउने भएपछि अपहरणको नाटकीय कुरा गर्नुभयो। सुरेन्द्रजीलाई म यस्तो कुरा नगरिदिन आग्रह गर्छु। मन्त्री, राज्यमन्त्री भएको मान्छेले झुट बोल्दा लाज हुन्छ। 

पार्टी छाड्ने चर्चासँगै तपाईंलाई केही प्रस्ताव आएको थिएन?

हेर्नुस्, म प्रष्ट वक्ता, देखेको कुरा बोलिजान्छु, छुच्चो पनि छु। मलाई मन्त्री बनाउनेबारे केही कुरा पनि आएको थिएन। कसैले प्रलोभन पनि देखाएनन्, सायद यसलाई फकाउन सकिँदैन भन्ने भएर होला। मैले वाइडबडी प्रकरणमा, एनसेल प्रकरणमा लगातार सरकारलाई खबरदारी गरेको छु। म सरकारको कठोर आलोचकमध्ये एक हो। त्यही भएर मलाई सुरेन्द्रजीलाई जस्तो प्रधानमन्त्रीको तर्फबाट लोभ देदखाउने काम भएन। म राजनीतिमा संघर्ष गरेर आएको मान्छे हो। म पार्टीको निर्माणकर्ता पनि हो। पार्टी नेतृत्वले अपमानपूर्वक घोक्रेठ्याक लाउन खोजेपछि विद्रोहको आवाज ओकलेको हुँ। अपमान गरेकाले ११ जना असन्तुष्ट सांसदले बोलेकै हौँ। तर पार्टी फुटाउने भनेका थिएनौँ।

आजै फिर्ता भएको अध्यादेशले त तपाईंहरुलाई फाइदा भयो नि ?

हो, अध्यादेशले समाजवादी र राजपालाई रातारात एकीकरण गर्न बाध्य बनायो। सरकाले किन ल्यायो? के कारणले ल्यायो? उसैलाई थाहा होला। तर त्यही अध्यादेशका कारण सजमावादी र राजपा एक भएका छन्। मधेसी जनताको आवाज त्यही अध्यादेशले सम्बोधन भएको छ। अध्यादेश सही या गलत जे आयो भन्दिनँ, तर मधेसको लामो समयदेखिको आवाज सम्बोधन गर्ने माध्यम अध्यादेश बनेकोमा खुसी छु। अध्यादेशका कारण चमत्कार नै भको छ। प्रधानमन्त्री धन्यवादका पात्र छन्। अब यो अध्यादेशको पाटो भुलेर कोरोना रोक्न सबै जुट्नु जरुरी छ। कोरोनाविरुद्ध लड्नका लािग सबै नेपाली दाजुभाइ एक भएर अघि बढ्नुपर्छ सबैलाई हातमा लिएर नेपाल र नेपाली जनतालाई बचाउन अब प्रधानमन्त्री सक्रिय हुनुपर्छ।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.